शतप्रतिशत जीत निकाल्दै पोर्चुगल युरोकप २०२४ को छनौट ,फ्रान्स पनि सबै खेल जित्ने दाउमा

A notice in Nepali from Mechinagar Ward No. 10

आगामी वर्ष जर्मनीमा हुने युरोकप २०२४ को छनोटमा पोर्चुगलले शतप्रतिशत जित निकालेको छ ।
समूह ‘जे’अन्तर्गत आइतबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई २-० ले हरायो ।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले ३७औं र रिकार्डो होर्थाले ६६औं मिनेटमा गोल गरे ।
सबै १० खेल जितेको पोर्चुगलले ३० अंक जोडेर शीर्ष स्थानमा रह्यो । पोर्चुगल यसअघि नै युरो कपमा छनोट भइसकेको छ ।
गत जनवरीमा रोबर्टो मार्टिनेज प्रशिक्षक नियुक्त भएपछि पोर्चुगलले २०२३ मा खेलेको हरेक खेल जितेको छ ।
अब छनोटमा फ्रान्सले मंगलबार ग्रीसलाई पराजित गरेमा शतप्रतिशत जित निकाल्ने पोर्चुगलको उपलब्धि बराबरी गर्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.