झापा अन्तरपालिका लिग तथा नकआउट: झापा र कमल गाउँपालिका विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् ।
आज सम्पन्न भएको पहिलो खेलमा कमल गाउँपालिकाले दमक नगरपालिकालाई २–१ गोल अन्तरले हरायो ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा खेलको ११ औँ मिनेटमा कमल गाउँपालिकाका नरबहादुर मगरले गोल गरे । त्यस्तै, खेलको ५९ औँ मिनेटमा युनिस मगरले अर्को गोल गरे । दमकका सञ्जय धिमालले ७२ औँ सान्त्वना गोल फर्काए ।
खेलको प्लेयर अफ दि म्याच कमलका युनिस मगर भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आज भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो । झापाले गौरादह नगरपालिकालाई ३–० गोल अन्तरले हराउँदै सहज जीत दर्ज गर्‍यो। जारी लिगमा यो नै ठुलो गोल अन्तरको जित हो ।

झापा गाउँपालिकाको तर्फबाट खेलको १९ औँ मिनेटमा मर्गुस किस्कू, ३२ औँ मिनेटमा कप्तान मिलन ताम्ली र ५४ औँ मिनेटमा किरण लिम्बूले गोल गरे ।
खेलको प्लेयर अफ दि म्याच झापाका उमेश मुर्मू भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली र सौजन्यकर्ता रविन्द्र बस्नेतले नगद दुई हजार र ट्रफी प्रदान गरे।

१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।
मङ्सिर १० गतेको खेल
पहिलो:हल्दीबारी गापा विरुद्द बुद्धशा
दोस्रो:मेचीनगर नपा विरुद्द भद्रपुर नपा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.