एजेन्सी ।साउदी प्रो लीगका दुई टेबल-टपरहरू अल हिलाल र अल नासर आज भिड्दैछन् ।
शुक्रबार राती ११:४५ बजे शुरु हुने यो खेल एक महत्त्वपूर्ण खेलेको रुपमा हेरिदैछ।अल नासर हाल १४ खेलपछि ३४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । क्रिस्टियानो रोनाल्डोको टोलीले लिगका शीर्ष टिम अल हिलालसँगको दूरी घटाउने आशा गर्नेछ, जो हाल १४ खेलपछि ३८ अंकमा छन्।
दुवै टोलीका केही खेलाडी घाइते छन् तर अल हिलालले आफ्नो स्टार खेलाडी नेमारलाई मिस गर्नेछन्, जो एसीएलको चोटले घाइते छन्।
यी दुई टोली अन्तिम पटक अगस्टमा अरब क्लब च्याम्पियन्स कपको फाइनलमा भिडेका थिए र त्यसमा अल नासर २-१ ले विजयी भएको थियो।

























