टी-१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएई प्रस्थान

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी-१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ जानुभएको हो ।

खड्का टी-१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्नुहुनेछ । टी-१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई जानुभएको छ । उहाँले अरेबियन्स टोलीबाट खेल्नेछन् ।

टी-१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता भएनन् । खड्काले भने एउटा खेल खेलेका थिए । टी-१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.