जोर्डनलाई हराउँदै कतार बन्यो एसियन फुटबल च्याम्पियन

एजेन्सी।एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । शनिबार भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो ।

कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले तीनै गाेल पेनाल्टी मार्फत गरेका हुन् । खेलको २२ औं मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अफिफले गोल गरेका थिए ।
त्यस्तै खेलको ६७ औं मिनेटमा याजान अल–नैमतले जोर्डनका लागि एक गोल फर्काए । त्यसको ५ मिनेट पछि कतारले पुनः पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमार्फत अफिफले दोस्रो गोल गरेका थिए ।
त्यस्तै खेलको अतिरिक्त समयमा अफिफले पुनः पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई दोस्रो पटक एसियन कपको उपाधि दिलाए ।

यसअघि सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो ।

कतारले सेमिफाइनलमा इरानलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै जोर्डनले सेमिफाइनलमा दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.