वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल उपविजेता

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ।

बिहीबार राति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले हरायो।  जोर्डनबाट पेनाल्टी प्रहारका लागि आएका आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले गोल गरे।

नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गर्दा अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले बिफल बनाइन्।

त्यसअघि अल फैसल रंगशालामा खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन्। २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन्।

पहिलो हाफमा १–० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन। ७३ औँ मिनेटमा जोर्डनकी लाना फेरसले गोल गर्दै जोर्डनलाई खेलमा फर्काएकी थिइन्।

८८ औँ मिनेटमा साराह अबु सबाहले गोल गर्दै जोर्डनलाई २–१ को अग्रतामा राखेकी थिइन्। तर, इन्जुरी समयमा पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै नेपाललाई पुनस् २–२ को बराबरीमा फर्काएकी थिइन्।  नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको अनुपस्थितिमा खेलेको नेपालले अर्की खेलाडी प्रिती राईलाई पनि गुमाए। उनी चोटग्रस्त हुँदै मैदान बाहिर जानु परेको थियो।

प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। जोर्डनले छैटौँपटक उपाधि हात पारेको हो। यसअघि उसले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा उपाधि उचालेको छ।

नेपाली महिला टिमले खेलेको यो ११औँ फाइनल हो। नेपालले हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.