सन्दिपले दिलाए नेपाललाई सातौ विकेट

आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको सातौं विकेट लिएका छन्। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा नेपालका पुर्व कप्तान सन्दीप लामिछानेले विकेट लिएका हुन्।

१३.२ ओभरमा लामिछानेले तन्जिम हसन साकिब आउट गराए। उनी ५ बलमा ३ रन बनाएर बाहिरिए। १३.१ ओभरमा बंगलादेशले रिम्भु मागेपछि विकेट नलिएको रेफ्रिले जानकारी गराएका थिए।

त्यस अगाडि ११.४ ओभरमा हसनलाई आउट गराएर नेपाललाई रोहितकुमार पौडेलले छैटौं सफलता दिलाएका हुन्। उनी २२ बलमा १७ रन बनाएर पेभेलियन फर्किए।

यस अगाडि सन्दीप लामिछानेको बलमा उनलाई गुलशान झाले महमुदुल्लाहलाई रन आउट गराएका हु्न्। त्यसैगरी रोहितकुमार पौडेलको बलमा सन्दीप लामिछानेले तौहिद हृदयलाई क्याच आउट गराएका थिए।

त्यस अगाडि सोमपाल कामीको बलमा लिटन दासलाई आशिफ शेखले क्याच आउट गराए।दीपेन्द्र सिंह ऐरीले नाजमुल हसिन सान्तोलाई बोल्ट आउट गरेका थिए। सोमपालले पहिलो बलमै ओपनर तान्जिब हसनलाई पेभिलियन फर्काएका थिए। टस हारेर ब्याटिङ गरेको बंगलादेशले १२ ओभरमा ६ विकेटको क्षतिमा ६३ रन बनाएर खेलिरहेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.