प्रेमिकाको जन्मदिनमा कोभिड-१९ नियम तोडेको भन्दै रोनाल्डोमाथि अनुसन्धान

A notice in Nepali from Mechinagar Ward No. 10

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि कोभिड-१९ नियम तोडेको अभियोग लागेको छ।

प्रेमिका जर्जिना रोड्रिगेजको जन्मदिन मनाउदा रोनाल्डोले कोभिड-१९ को नियम तोडेको अभियोगमा इटालियन प्रहरीले अनुसन्धान गरिरहेका छन्।

इटालीमा कोभिड-१९ पछिल्लो नियमअनुसार ‘अरेन्ज जोन’ मा काम गर्न र घुम्न जान पाइदैन।

प्रेमिका जर्जिनाको २७औं जन्मदिन मनाउनका लागि रोनाल्डोले पेइडमोन्ट र भिल्ला डि’ओस्टको क्षेत्रको भ्रमण गरेको पाइएको छ।

सामाजिक सञ्जालमा पोस्ट भएको भिडिओमा रोनाल्डो र जर्जिना एउटा माउन्टेन रिसोर्टमा रमाइरहेको देखिएको छ।

इटालियन मिडियाहरूका अनुसार रोनाल्डोको जोडी एक रात त्यहिँ रिसोर्टमा बसेर टुरिन फर्किएको थियो।

इटालीमा अहिले कोरोना भाइरसका कारण दैनिक सयौंको मृत्यु भइरहेको छ भने हजरौं संक्रमित भइरहेका छन्।

गत वर्ष इटालीलाई कोरोनाले ठूलो असर गरेको छ। अहिले फेरि कोरोना संक्रमण फैलिएपछि इटालीमा राजनीतिक संकट छ।

प्रहरीले रोनाल्डो र उनकी प्रेमीका रिसोर्टमा पुगेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ। दोषी पाइएमा दुवैले जरिवाना तिर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.