Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह खेलकुद

मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !, शताब्दीकै रेकर्ड

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 14, 2020
  • 10:44 AM
  • No Comments
भित्र खेलकुद
190 2
A A
Share on FacebookShare on Twitter

फ्रेन्च लिग वान अन्तर्गत गए राति भएको खेलमा साविक विजेतासमेत रहेको पीएसजीले सिजनमा लगातार दोस्रो पराजय ब्यहोरेको छ। पेरिस डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा घरेलु टोली १-० ले पराजित भएको हो। सन् १९८४/८५ यता पहिलो पटक पीएसजी सिजनको सुरुका दुई खेलमा पराजित भएको छ। मार्सेलीको जितमा फ्लोरेन थाउभिनले खेलको ३१ औं मिनेटमा निर्णायक गोल गरे।

घरेलु मैदानमा पीएसजीले पराजय भोग्दै गर्दा मैदानमा त्यो दृश्य देखियो जुन फुटबलमा बिरलै देखिन्छ। खेल सकिँदै गर्दै मैदानमा झगडा गरेपछि नेइमारसहित पीएसजीका तीन खेलाडी र मार्सेलीका दुई खेलाडी रातो कार्ड खाँदै बाहिरिन पर्‍यो। जसमा पीएसजीका नेइमार, लेभिन कुरजावा र लियोनार्दो परेडेस रहेका छन्। र, मार्सेलीका जोर्डन अमाभी र डारियो बेनेट्टो रहेका छन्। सुरुमा चार खेलाडीलाई रेड कार्ड दिएका रेफ्रीले नेइमारले पछाडिबाट पञ्च हानेको भीएआरबाट देखेपछि उनलाई पनि रेड कार्ड दिएका थिए।

५ हजार दर्शकका बीच भएको खेलमा कुल १७ वटा कार्ड प्रयोग भयो जुन यो लिग वानको एउटा खेलमा प्रयोग भएको शताब्दीकै बढी कार्ड हो। उक्त झगडामा कुरजावा र अमाभीले त मैदानको ‘किक बक्सिङ’ नै देखाएका थिए।

पीएसजी र मार्सेली परम्परागत राइभलहरु हुन्। पीएसजीले च्याम्पियन्स लिगमा पराजय भोग्दा मार्सेलीका समर्थकहरु सडकमै उत्रिएर खुशी मनाएका थिए। मार्सेलीमा सेमिफाइनलमा लाइपजिगसँग खेल पछिको फ्यानहरु बीचको झगडालाई मध्यनजर गर्दै फाइनलमा त्यस्तो हुन नदिन पीएसजीको जर्सीलाई प्रतिबन्धसमेत लगाउनु परेको थियो।

नेइमारको आरोप: नश्लीय गाली दिइयो

ब्राजिलियन खेलाडी नेइमारले आफूमाथि नश्लीय गाली दिइएको आरोपसमेत लगाएका छन्। उनले अल्भारो गोन्जालेजले आफूमाथि नश्लीय टिप्पणी गरेको आरोप लगाएका हुन्।

विवाद हुँदा नेइमारले गोञ्जालेजलाई टाउकोमा पछाडिबाट थप्थपाएका थिए।

मेरो पछुतो त्यसको अनुहारमा नहानेकोमा छ : नेइमार

खेलपछि ट्वीट गर्दै नेइमारले आफूले अल्भेरो विरुद्ध ‘स्ट्रङ एक्सन’ नलिएकोमा पछुतो रहेको बताएका छन्।

‘मेरो एउटै पछुतो त्यसको मुखमा प्रहार नगरेकोमा छ।’ नेइमारले ट्वीट गरेका छन्।

अर्को ट्वीटमा नेइमारले भनेका छन् : भीएआरले मेरो आक्रोश त देख्यो अब मलाई नश्लीय गाली गर्दै (बाँदर***) भनेको देखेको हेर्न चाहन्छु। के भयो? मलाई सजाय दिइयो। एक्सपेल गरियो। उनीहरुको बारेमा के? के भयो?

यो नश्लबादसँग सम्बन्धित थिएन: आन्द्रे भिल्लास बोएस

मार्सेलीका प्रशिक्षक आन्द्रे भिल्लास बोएसले पोस्ट म्याच कन्फ्रेन्समा गोन्जालेजको पक्षमा बोल्दै यो घटना नश्लवादसँग सम्बन्धित नभएको दाबी गरेका छन्।

‘मलाई त्यस्तो लाग्दैन। किनभने अल्भेरो अनुभवी खेलाडी हो। फुटबलमा नश्लवादका लागि स्थान छैन र यहाँ त्यस्तो भएको भन्ने मलाई लाग्दैन,’ उनले भनेका छन्, ‘नेइमार खेलको अन्त्यमा अलिकति विचलित भएका थिए। आशा गरौ त्यस्ते जितको बाटोमा बाधा नगरोस्।’

त्यस्तै उनले नेइमार र डी मारियाको प्रदर्शनको प्रशंशा समेत गरेका थिए।

कहिले काहीँ हार्न पनि सिक्नुपर्छ : नेइमारमाथि गोन्जालेज

नेइमारले लगाएको नश्लीय गालीको आरोपको गोञ्जालेजले खण्डन गर्दै हार स्वीकार्न सिक्न आग्रह गरेका छन्।

‘यहाँ नश्लवादका लागि कुनै स्थान छैन। टिम मेट्स र साथीहरुसँग स्वच्छ करियरका साथ दिनहरु कटिरहेकै छन्। कहिलेकाहीँ तपाईँले हार स्वीकार गर्न पनि सिक्नु पर्छ,’ आफ्ना साथीहरुसँगको तस्बिर राख्दै गोञ्जालेजले ट्वीट गरेका छन्, ‘कहिलेकाहीँ मैदानमा हार स्वीकार गर्न पनि सिक्नुपर्छ। आजको तीन अंक महत्वपूर्ण रह्यो। परिवारलाई धन्यवाद।’

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

वडा खेलकुद समिति गठन
कोशी प्रदेश

वडा खेलकुद समिति गठन

March 27, 2023
तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई
कोशी प्रदेश

तेस्रो इण्डो-नेपाल भेट्रान फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई

March 20, 2023
प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टीमलाई सम्मान : प्रतिखेलाडी ३ लाख दिने घोषणा
खेलकुद

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टीमलाई सम्मान : प्रतिखेलाडी ३ लाख दिने घोषणा

March 17, 2023
भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलीगुडी सेमिफाइनलमा प्रवेश
खेलकुद

भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलीगुडी सेमिफाइनलमा प्रवेश

March 14, 2023
आयोजकलाई पराजित गर्दै मिलन मोर सिलगुढी क्वाटरफाइनलमा प्रवेश
खेलकुद

आयोजकलाई पराजित गर्दै मिलन मोर सिलगुढी क्वाटरफाइनलमा प्रवेश

March 12, 2023
शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता
अन्तर्राष्ट्रिय

शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता

March 12, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

प्रधानमन्त्रीले रोके कुलमानको नियुक्ति

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In