इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष पाँचमा

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एक/एक गोल गरे। सिटीले चेल्सीविरुद्ध तीनै गोल पहिलो हाफमा नै गर्यो ।

चेल्सीका लागि कलुम हड्सन ओडोइले एक गोल गरे  । जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ ।

त्यसैगरी , गएराति भएकै अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २ –१ गोल अन्तरले हराएको छ । लेष्टर सिटीलाई  जिताउन जेम्स म्याडिसन र युरी टिलेमान्सले एक/एक गोल गरे । अंक तालिकामा लेस्टर सिटी ३२ अंकसहित तेस्रो  स्थानमा छ भने  न्युक्यासल १९ अंकसहित १५ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.