कुशल भुर्तेल मनोनयनमा परेको “प्लेयर अफ दि मन्थ’ को अवार्ड बाबर आजामलाई

A notice in Nepali from Mechinagar Ward No. 10

पाकिस्तानका बाबर अजामले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को ´ प्लेयर अफ द मन्थ` को अवार्ड जितेका छन् ।

बाबरले आफ्नै देशका फखर जमान र नेपालका कुशल भुर्तेललाई पछि पार्दै अवार्ड जितेका हुन्।

अवार्ड आइसिसीको वेभ पोर्टलमा आएको समर्थकको भोट र आइसिसी भोटिङ एकेडेमीको आधारमा घोषित गरिएको हो।

आइसिसी भोटिङ एकेडेमीमा आइसिसीका १२ वटा स्थायी सदस्यका २-२ प्रतिनिधि र २ जना अन्य प्रतिनिधि गरी २६ जना रहेका छन्।

यसअघि आइसिसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा नेपालका कुशलसँगै पाकिस्तानका बाबर र फखरको नाम सार्वजनिक गरेको थियो।

फखरले गत महिना तीन एकदिवसीय खेल खेल्दा २ शतकसहित ३०२ रन प्रहार गरेका थिए। यस्तै बाबरले एकदिवसीय खेलमा २२८ रन र टी-२० मा ३०५ रन प्रहार गरेका थिए।

कुशलले अप्रिलमा घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमार्फत टी-२० मा डेब्यू गरेका थिए।

नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजमा उनले पाँच खेलमा चार अर्धशकत प्रहार गरेका थिए। उनले पाँच खेलमा २७८ रन प्रहार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.