रोशनराज
१५ जेठ, मेचीनगर : मेचीनगर लेडी जेसीजले आयोजना गरेको मिनी म्याराथन (रोड रनिङ) को उपाधि पुरुषतर्फ झापा मेचीनगर— २ का शिव कार्की र महिलातर्फ मेचीनगरकै आरती राजवंशीले जितेका छन् ।
१९ औँ गणतन्त्र दिवसका अवसर पारेर शुक्रबारबाट शुरु जेसीज सप्ताह अन्तर्गत मिनी म्याराथन (रोड रनिङ) मा कार्कीले प्रथम स्थान ओगटेर नगद १० हजार एक सय रुपैयाँसहित प्रशंसा पत्र प्राप्त गरे ।
यसैगरी, पियूस लामा दोस्रो भएर नगद पाँच हजार एक सय रुपैयाँ, सोनम आङदेम्बे तेस्रो भएर नगद तीन हजार एक सय रुपैयाँ, नरेन्द्र दर्जी चौथो भएर दुई हजार एक सय रुपैयाँ, अभिशेक ठाकुर पाँचौ भएर एक हजार एक सय रुपैयाँ र सन्तोष राजवंशीलाई सान्तवना स्वरुप एक हजार एकसय रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
मिनी म्याराथन (रोड रनिङ)मा सहभागी अमृत खडकाले ५० वर्ष उमेर समूहको उपाधि हात पारेका थिए ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
यसैगरी महिलातर्फ प्रथम हुने आरतीले नगद १० हजार एक सय रुपैयाँसहित प्रशंसा पत्र प्राप्त गरीन । रिशा किस्कु, सलिना लिम्बु, रत्ना मालखा, अन्जिती विक क्रमस दोस्रो, तेस्रो चौथो र पाँचौ हुँदै क्रमस नगद पाँच हजार एक सय रुपैयाँ, तीन हजार एक सय रुपैयाँ, दुई हजार एक सय रुपैयाँ, एक हजार एक सय रुपैयाँ, र सान्तवना स्वरुप एक हजार एक सय रुपैयाँसहित प्रशंसा पत्र प्राप्त गरेका थिए । महिलातर्फ ४० वर्ष माथि चम्पा नेम्बाङले उपाधि जितिन् ।
‘खेलकुद विधामा योगदान, मेचीनगर लेडी जेसीजलाई पाइला पाइलामा सम्मान’ भन्ने मुख्यः श्लोग्नसहित आयेजना हुन लागेको मिनी म्याराथन (रोड रनिङ) मा मेचीनगर नगरपालिकाभित्रका १६ वर्ष माथिका महिला तथा पुरुषले सहभागिता जनाएका थिए । मेचीनगर लेडी जेसीजले ॅजेसीज विक’ को प्रारम्भमा झापाको मेचीनगर- ६ को नकलबन्दा चोकदेखि सोहि वडाको भट्टराई चोकसम्मको ३ किलो मिटरको दुरी मिनी म्याराथन (रोड रनिङ) का लागि तयर गरेको थियो । दुवैतर्फका विजयी धावकहरुलाई प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सेनिटर जीवन कार्की, राष्ट्रिय उपाध्यक्ष देबु बाँनिया, राष्ट्रिय कोषाध्यक्ष सुजुप सुवेदी, मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्षसहित विशिष्ट अतिथि, अतिथिहरुले नगदसहित प्रशंसा पत्र प्रदान गरेको मेचीनगर लेडी जेसीजका अध्यक्ष रीता प्रधानले जानकारी दिईन् ।
मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह उद्घाटन समारोहमा सरकारी तथा गैरसरकारी संघ संस्था र राजनीतिक दलका प्रमुख प्रतिनिधि, खेलप्रेमी, उद्योगी व्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सर्वसाधारणको उपस्थिति थियो ।
मेचीनगर लेडी जेसीज अध्यक्ष रीता प्रधानको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, मेची उद्योग बाणिज्य संघका महासचिव ध्रूव कनाल, नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, उद्योगी विजय डालमियाँ, नाइट चेस क्लबका वरिष्ठ उपाध्यक्ष राजु पौडेल,लायन्स क्लबका शंकर थापा, मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्ष टीका सुवेदी, सन् २०२६ का उपाध्यक्ष सिर्जना घिमिरेलगायतले बोलेका थिए ।

कोषाध्यक्ष खिना निरौलाले आस्थावाचन, उपाध्यक्ष प्रमिला ओलीले स्वागत गरेको उद्घाटन सत्रको सञ्चालन महासचिव कृष्णकुमारी (कल्पना) प्रसाईले गरेकी थिईन् ।आगामी जेठ २३ गते शनिबार सम्म विविध कार्यक्रमसहित जेसीज सप्ताह मनाउन लागेको हो ।
यस पटकको जेसीज सप्ताह अन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काको सहजीकरणमा ‘सुरक्षित डिजिटल समाज निर्माण अभियान’ साइवर सम्बन्धी सचेतनालगायत ट्राफिक नियमको पालनाको सचेतनामुलक स्टीकर टास्ने, खाजा, अचार बनाउने रेसिपी र तालिम, प्राथमिक स्वासथ्य उपचार समबन्धी जनचेतना साथै रक्तदान, स्कुल ब्याग वितरण, मेची उद्योग बाणिज्य संघका पदाधिकारी र उद्यमीहरु सँग तालिम तथा अभिमुखीकरण रहेको छ ।
यसैगरी स्थानीय अटो, सिटी सफारी, बसलगायतका सवारी चालकहरुलाई लक्षित गरेर सप्ताहको दोस्रो दिन ट्राफिक नियमको पालनाको सचेतनामुलक स्टीकर टास्ने कार्यक्रम , झापाको मेचीनगर-१० धुलावारीमा रहेको जेसीज गाउँका महिला र टोल विकास संस्थाका सदस्यहरुबीच खाजा, अचार बनाउने रेसिपी र तालिम, जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा रगतको अभाव भईरहेको र यसको पूर्तिका लागि मेचीनगर- ६ काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा रक्तदान कार्यक्रम हुने छ । सोहि काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा प्राथमिक स्वास्थ उपचार सम्बन्धी जनचेतनामुलक गोष्ठी समेत हुने छ ।
मेचीनगर-७ मा रहेको लक्ष्मी आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर जेसीज सप्ताहको पाँचौ दिन ब्याग वितरणको कार्यक्रम रहेको छ । जेसीजले छैठौं दिन पुराना र नयाँ उद्योगी व्यवसायी र मेचीनगरभित्रका अन्य जेसीजलाई लक्षित गरेर तालिम र अभिमुखीकरण आयोजना गरेको छ । दुवै कार्यक्रमको संयोजन प्रमिला ओलीले गर्ने छिन् । सप्ताहको अन्तिम दिन ‘सुरक्षित डिजिटल समाज निर्माण अभियान’ साइवर सम्बन्धी सचेतनामुलक कार्यक्रम हुने छ ।





















