क्याम्पसको २७ औं वार्षिकोत्सवमा अध्यापकसहित कर्मचारी सम्मान: विभिन्न विधाका पुरस्कार वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

१४ पौंष, मेचीनगर : काँकडभिट्टा बहुमुखी क्याम्पसको २७ ओैँ स्थापना दिवस तथा वार्षिकोत्सव सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । क्याम्पस परिसरमा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले पानसमा दिप प्रज्वलन गरि विधिवतरूपमा उद्घाटन गरेको कार्यक्रममा शिक्षक तथा कर्मचारी सम्मान, विभिन्न विधाका पुरस्कार वितरण, साँस्कृतिक कार्यक्रम तथा संक्षिप्त सभासहित बार्षिकोत्सव सम्पन्न भएको हो ।

उद्घाटन मन्तव्य राख्दैं प्रमुख अतिथि प्रदेश सभा सदस्य तामाङले नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नहुने बताए । अहिले अधिकाँश सामुदायिक क्याम्पसहरूको अवस्था निक्कै दयनीय रहेको भन्दै यसको सुधार र प्रवद्र्धनका लागि कोशी प्रदेश सभा,कोशी प्रदेश सरकार अघि बढेको उनले स्पष्ट पारे ।

प्रदेश सभा सदस्य तामाङले वर्तमान अवस्था झै रहने हो भने अब थुप्रै सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा पुग्ने दाबी गर्दै हरेक क्षेत्रलाई समाजसँग जोड्न र शैक्षिक संस्थाको सवै खाले सुधारका लागि सवैको भूमिका महत्वपुर्ण हुने भएकाले एक्लै नभई सवै मिलेर अघि बढ्नुपर्ने मा जोड दिए । त्यसमा कोशी प्रदेशसभा, प्रदेश सरकार र आफू आवद्ध दलसँग पुलको काम आफुले गर्ने स्पष्ट पार्नुभयो । पछिल्लो समय अप्राविधिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण घटिरहेकाले अब प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने प्रदेश सभा सदस्य तामाङले आवश्यकता ओैँल्याए ।

गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दैें हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने उनको विचार थियो । उनले प्राविधिक विषयको स्वीकृति प्राप्ति , सञ्चालनमा आर्थिक व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन र दक्ष जनशक्ति व्यवस्थापन पनि उत्तिकै कठिनाई रहेको समेत विचार राखे । शैक्षिक सुधारकालागि अब हरेक शैक्षिक संस्थाहरू लाग्नु पर्ने उनको भनाई थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले नगरभित्रका शैक्षिक संंस्थाको गुणस्तर सुधारका लागि स्थानीय सरकार लागि परेको र शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको जानकारी गराईन् ।

स्थानीय सरकारले सिमीत श्रोत र साधनका बाबजुद पनि शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदैं शिक्षा, स्वास्थ्य, कृषिलगायत स्थानीय सरकारको प्राथमिकतामा रहेको धारणा राखिन् ।

मेचीनगरभित्र सञ्चालनमा रहेका तीनवटा सामुदायिक क्याम्पस नगरकै गहना भएका र यसको टिकाउका लागि आम नगरवासीको कर्तव्य रहेको औल्याईन् । क्याम्पसको विगतदेखि बर्तमानसम्मको सवै अवस्थाका बारेमा स्थानीय सरकार जानकार रहेको र क्याम्पसको शैक्षिक सुधारकालागि हरेक वर्ष बजेटमा सम्बोधन हुदैं आएको समेत उनले जानकारी गराईन् ।

  शिक्षक र कर्मचारी सम्मान

वार्षिकोत्सवका अवसरमा क्याम्पसले व्यवस्थापन संकायका शिक्षक मणिकुमार लिम्बु , शिक्षा संकायका पुष्पप्रसाद पौडेल र कर्मचारी कृष्ण राजवंशीलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङ, क्याम्पस सञ्चालक समिति अध्यक्ष सापकोटा र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले सम्मानित तीनैजनालाई दोसल्ला, माला टीकासहित सम्मान गरेका थिए ।

विविध विधाका विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण

सोहि अवसरमा आयोजित विविध विधाका विजयी प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरियो । साहित्यिक कार्यक्रम अन्तर्गत कवितातर्फ प्रथम नविन फूयाँल प्रथम, युवराज राई दोस्रो तथा अभिषेक राजवंशी तेस्रो भए । उनीहरुलाई कपी र प्रमाण पत्र प्रदान गरिएको थियो । सर्वाेत्कृष्ठ अंक प्राप्त गर्ने प्रास्ना गिरी र अनुप राईलाई शैक्षिक पुरस्कार वापत कपी र प्रमाण पत्र प्रदान गरियो ।

स्नातक तह व्यवस्थापन संकाय बोर्ड परीक्षामा सर्वाेत्कृष्ठ अंक प्राप्त गर्ने अंकिता राजवंशी, समिर फूयाँल,पंकज तामाङ, श्रृजना शर्मा ढुङ्गाना, स्नातक तह शिक्षा संकाय बोर्ड परीक्षमा सर्वाेत्कृष्ट अंक ल्याउने छन्दविक्रम चौहान, मायादेवी चौहान र स्वस्तिक राईलाई समेत शैक्षिक पुरस्कार प्रदान गरियो ।

अन्तर माध्यमिक विद्यालय क्याम्पस स्तरीय बुद्धिचाल प्रतियोगितामा धुलावारी माविका सूर्यकिरण गौतम, इष्ट होइराजन अंग्रेजी माविका प्रयास लकान्द्री दोस्रो र धुलावारी माधयमिक विद्यालयका आरोग्य निरौला तेस्रो भए । उनीहरुले क्रमस तीन हजार, दुई हजार र एक हजार पाँचसय रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरे । काँकरभिट्टा बहुमुखी क्याम्पसका आकाश बस्नेत चौथो स्थानमा पुगे । उनले नगद एक हजार रुपैयाँ र प्रमाण पत्र पाए । पाचौ स्थानमा पुग्न सफल अरुणेदय माध्यमिक विद्यालयका जस्टिन राईले नगद पाँचसय रुपैयाँ र प्रमाण् त्रप हात पारे ।

छात्रातर्फको अन्तरिक टेबल टेनिस प्रतियोगितामा अस्मिता राई र तेजस्वी घिमिरे क्रमस पहिलो र दोस्रो भए । छात्रतर्फ मौसम प्रधान र कुशल घिमिरे प्रथम र दोस्रो भए । छात्रा तथा छात्रातर्फका विजयी प्रतियोगिले जनही नगद एक हजार र पाँच सय रुपैयाँ र प्रमाण पत्र प्राप्त गरे । आन्तरिक छात्रा भलिबलर्फ विविएस प्रथम वर्ष विजयी हुँदैं नगद तीन हजार रुपैयाँ र सहभागी खेलाडीले प्रमाण पत्र प्राप्त गरे । छात्रतर्फ भलिबल प्रतियोगितामा चौथो वर्षका खेलाडी विजयी भए । विजयी टिमले नगद तीन हजार रुपैयाँ र खेलाडीले प्रमाण पत्र प्राप्त गरे । यसैगरी, आन्तरिक फूटबल प्रतियोगितामा विविएस तेस्रो र चौथो वर्षलाई नगद तीन हजार सहभागी खेलाडीलाई प्रमाण पत्र प्रदान गरियो ।

कन्काई क्याम्पसद्वारा आयोजित अन्तर क्याम्पस क्रिकेट प्रतियोगिताका खेलाडी संगम वराललाई सम्मन गरिएाके थियो । प्रतियोगितात्मक नृत्यमा मञ्जिता मगर र विद्या वास्तोला प्रथम, प्रशंसा विष्ट, सिफा प्रधान, अञ्जली श्रेष्ठ, रोजिता फूयाँल र स्मारिक दाहाल दोस्रो तथा  निर्जला राई, रेखा रजवंशी र कुसुम लिमबु तेस्रो भए । उनीहरुले क्रमस पाँच हजार, तीन हजार र दुई हजारसहित प्रमाण पत्र प्राप्त गरे ।

विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेको कार्यक्रममा सहभागी सवैलाई शब्दमार्फत क्याम्पस सञ्चालक समिति सदस्य सुशील आचार्यले स्वागत तथा व्यवस्थापन संकाय प्रमुख दुर्गाबहादुर लुइटेल र वरिष्ठ अध्यापक लम्बोदर पौडेलले संयुक्तरूपमा सञ्चालन गरेको कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले क्याम्पसको विविध विषयमा जानकारी गराएका थिए ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.