मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी, रोनाल्डो दोस्रो

A notice in Nepali from Mechinagar Ward No. 10

फोर्ब्स पत्रिकाको सूचीमा बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् । फोर्ब्सका अनुसार मेस्सीको वार्षिक आम्दानी १२.६ करोड डलर रहेको छ ।

दोस्रो स्थानमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनको आम्दानी ११.७ करोड डलर रहेको छ । तेस्रो स्थान र चौथो स्थानमा क्रमशः पीएसजीका नेयमार र किलियान एम्बाप्पे रहेका छन् ।

प्रिमियर लिगका तीनजना खेलाडी मोहमद शलाह, पाउल पोग्वा र डेभिड डि गेया शीर्ष १० मा पर्न सफल भएका छन् । त्यस्तै, वेल्सका फरवार्ड गेराथ बेल पनि शीर्ष १० मा समावेश छन् ।

सन् २०१९–२० सिजनमा निकै खराब प्रदर्शन गरेका बेल २.९ करोड डलर आम्दानीसहित आठौँ स्थानमा रहेका छन् । उनले रियलको अन्तिम १४ खेलमध्ये २ वटामा मात्र सहभागी भए ।

शलाह पाँचौँ, पोग्बा छैटौँ र डि गेया १० औँ स्थानमा रहेका छन् ।

बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजमान सातौँ र बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की नवौँ स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.