अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मंसिर, काठमाडौँ : बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । कतारमा जारी २२औँ फिफा विश्वकपको समूह चरणबाट बेल्जियम बाहिरिएपछि हाजाडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय लिनु भएको हो । ३१ वर्षीय हाजार्ड बेल्जियम टोलीका ‘प्लेमेकर’ हुनुहुन्थ्यो ।

विश्वकपमा समूह ‘एफ’ बाट प्रतिस्पर्धा गरेको बेल्जियम समूहको जित्नै पर्ने अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बरबरीम रोकिएपछि विश्वकपबाट घर फर्किएको थियो । फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियमले समूहको पहिलो खेलमा क्यानडालाई १–० गोलले हराएको थियो ।

बेल्जियम दोस्रो खोलमा मोरोक्कोसँग २–० गोलले स्तब्ध भएको थियो । कतारको पिडादायी क्षणबाट दुःखी हुनुभएका कप्तान हाजार्डले नयाँ खेलाडीलाई मौका दिन आफूले यस्तो निर्णय गरेको बताउनुभएको छ ।

‘‘समय बदलिएको छ । बेल्जियमका जनताले दिएको माया र सद्भावका लागि धन्यवाद । सन् २००८ देखि मलाई सबैले खुसी दिनुभयो । मैले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवन यही सक्ने निर्णय गरेको छु । उत्तराधिकार धेरै तयार छन् । म तपाई सबैलाई याद गरिरहनेछु,’’ हाजार्डले भन्नुभएको छ ।

सन् २००८ मा १७ वर्षको उमेरदेखि बेल्जियम टोलीको सदस्य बन्नुभएका हाजार्डले देशका लागि एक सय २६ खेल खेल्दै ३३ गोल गर्नुभएको छ । उहाँले बेल्जियम टोलीको सबै उमेर समूहबाट खेल्दै आउनुभएको थियो । कतार विश्वकपको समूह चरणबाटै बाहिरिएपछि बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पदबाट राजीनामा दिईसक्नु भएको छ ।

 

View this post on Instagram

 

A post shared by Eden Hazard (@hazardeden_10)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.