‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ को तयारी तीब्र : स्थानीय सरकार संरक्षक

A notice in Nepali from Mechinagar Ward No. 10

१९ पुस, मेचीनगर :  झापाको मेचीनगरमा पहिलो पटक हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ । [पुसको अन्तिम साता] आगामी पुस २७ र २८ गते प्रेस क्लब मेचीनगरको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी तथा प्रचार प्रसारलाई तीब्र पारिएको खेल संयोजक खगेन्द्र घिमिरेले जानकारी दिए ।

केही समयअघि स्थानीयस्तरका सरकारी तथा गैरकारी संघ संस्था, खेलप्रेमी, समाजसेवी, उद्योगी व्यवसायीलगायत सर्वसाधारणसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी तयारी थालेको आयोजक प्रेस क्लबले १५ पुसमा ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लागो सार्वजनिक गरेको थियो ।

खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उद्धेश्यसहित प्रतियोगिता आयोजना गर्ने तयारी गरेको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । खेल मैदान सम्याउने लगायतका अन्य व्यवस्थापनका काम तीब्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

यस प्रतियोगितालाई मेचीनगरको गहनाको रुपमा लिइएको र सवैक्षेत्रबाट साथ सहयोग र समन्वय जुटिरहेको क्लबले जनाएको छ । प्रतियोगिताको संरक्षकका रुपमा स्थानीय सरकार मेचीनगर नगरपालिका ठिङ्ग उभिएको छ । मेचीनगरस्तरीय नगर खेलकुद विकास समिति मुख्य सहयोगी बनेको छ । नगरक्षेत्रका आधादर्जन बढी विभिन्न संघ संस्थाहरु र आयोजकबीच विभिन्न बुँदामा सम्झौता भएको छ । शनिबारमात्र प्रतियोगितालाई सभ्य भव्य र सफलरुपमा सम्पन्न गर्न दाताहरुले सहयोगको हात अगाडि बढाएका छन् ।

मिडियाकपका लागि पर्यटन कार्यालय काँकरभिट्टा, इष्ट होराइजन मावि, होटल मेची क्राउन, बिर्तामोड एजुकेशन धुलाबारी शाखा, उदेश्य निर्माण सेवा मेचीनगर, सहारा नेपाल साकोस, टिमुर चामल विराटनगर, अशोक मसला, मेचीनगर वडा नं १४, प्याब्सन मेचीनगर, मेची आँखा अस्पताल बिर्तामोड, स्कूल ब्रेनवेभ सर्कल मेचीनगर, डालमिया पानी उद्योग, काँकरभिट्टा खानेपानी लगायतले प्रायोजकको रुपमा सहयोग गरेको छ । मिडिया कपका लागि व्यक्तिगत सहयोग पनि आउने क्रम जारी रहेको छ ।

क्लबले प्रायोजक संघसंस्थाको नाम क्रमशः सार्वजनिक गर्दै जाने संयोजक घिमिरेले बताए । प्रतियोगितामा नेपालसहित भारतका दुईगरी आठवटा पत्रकारको टिम सहभागी हुँदैछन् । प्रतियोगितामा प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गरेको छ ।

मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सञ्चारको क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पहिलो पटक मिडियाकप आयोजना गरिएको हो । आयोजकले भने यस प्रतियोगितालाई देशकै पहिलो भनेर दाबीगरेको छ । ‘विभिन्न मिडियाकप हुन्थे,’ अध्यक्ष पौडेलले भने—‘इन्डो–नेपाल चाँहि यो पहिलो हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.