प्रथम झापा महिला गोल्डकपको उद्घाटन खेलमा पुलिसको शानदार जित

A notice in Nepali from Mechinagar Ward No. 10

१७ कात्तिक मेचीनगर : मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले शानदार जित हासिल गरेको छ ।

आज भएको पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड फुटबल क्लबलाई ८–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाईज युनाइटेडविरूद्ध ५ गोल गर्दै नेपाल पुलिस क्लबकी स्ट्राइकर मिना देउवा वुमेन अफ दि म्याच भएकी छन् ।

भोलिको खेल नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.