आत्महत्या ,जीवन र तनाव व्यवस्थापन : सिएन गौतम

A notice in Nepali from Mechinagar Ward No. 10

समाजलाई विक्षिप्त गराउने घटना मध्ये एक हो आत्महत्या । यो एउटा अपराधको रुपमा चिनिदै आएको छ । हामीले हरेकलाई जीवनको मूल्य र सामाजिक दायित्वबारे बोध गराउन आवश्यक छ ।

आत्महत्या अपराध कि साहस

नेपाली सिने जगतकी कलाकार जेनी कुँवरले केही दिन अगाडि गरेको आत्महत्या र बलिवूड फिल्म क्षेत्रका उदाउँदा नायक सुशान्त सिंह राजपूतले गरेको आत्महत्या प्रतिनिधि पात्रका रुपमा रहेका मात्र हुन् । जुनसुकै क्षेत्रका व्यक्ती किन नहुन्,उपलब्धि हासिल गरेका ,नगरेका,धनी वा गरीब, जुनसुकै अवस्थामा रहेका मानिसले आत्महत्या गर्ने गरेको पाइन्छ । आत्महत्या गर्नु कारण समाजभित्र रहेका विभिन्न एकाइहरुका क्रियाकलापहरुका सम्बन्ध र अन्तरसम्बध नै हो।
आत्महत्यालाई कहिले पनि साहसिक कार्यसँग कदापि तुलना गर्न मिल्दैन। यसले समाजमा विचलनको स्थिति खडा गर्छ।एक जनाले आत्महत्या गर्दा ऊ मात्र मर्दैन सँगसँगै उसले सामाजिक ,आर्थिक ,राजनिति,लगायतका धेरै विषयलाई नै गहिरो असर पारेको हुन्छ

आत्महत्याको प्रकार :
कसैले आत्महत्या गरेपछि हामी यो सोच्दछौँ कि उसले आत्महत्या किन गर्‍यो होला?अथवा के कारण थियो होला ?यसबारे धेरैको अड्कलबाजी हुनेगर्छ ।समाजशास्त्री इमाइल दुर्खिमले आफ्नो पुस्तक “SUICIDE”मा आत्माहत्यालाई (१)अहम् ,(२)परोपकारवादी ,(३)मूल्यहिन र (४)घातक गरी चार प्रकारका आत्महत्या हुन्छ भनी विचार प्रकट गरेका छन । यसको प्रकार जस्तो भए पनि आत्महत्या गर्नु हुँदैन ।

आत्महत्याबारे सामाजिक दृष्टिकोण :

समाजले आत्महत्या गर्नेलाई लाछी,कायर ,हुतिहारा आदिले सम्बोधन गर्छ किनकी मानिस भएर जन्मेपछि  उसले बाजुन्जेल संघर्ष गरिरहनुपर्छ।आफ्नो विवेकको प्रयोगले जस्तोसुकै कठीन ,अप्ठ्यारा र समस्याहरुलाई समाधान गर्न सक्ने खुबी राख्नुपर्छ। समाजमा जतिसुकै इज्जत , प्रतिष्ठा र सम्मान प्राप्त गरेको  परिवार भएपनि आत्महत्या गर्नेको परिवारलाई त्यति सकारात्मक रुपमा हेरेको पाइदैन । परिवारले किन सम्झाउन सकेन भन्ने प्रश्न त्यहा खडा हुन्छ।अर्को के पनि बुझिन्छ भने त्यस परिवारमा उसको ठाउँलाई महत्त्वपूर्ण स्थान दिएको छैन । प्रेममा धोका ,पढाइमा असफल ,जागिरमा अयोग्य ,जीवन सोचेको भन्दा फरक भयो भने मान्छेले आत्महत्या गर्छ्न् भन्ने अनुमान लगाइन्छ तर त्यस्ता अनुमानहरु पनि कहिलेकाही गलत साबित हुने गरेका छन्। सबै पुगेर पनि मानिस मूल्यहीन आत्महत्या गरेका थुप्रै रेकर्डहरु छन् ।

मृत्युको महत्व
असफल हुँदैमा जीवन सकिदैन।मृत्युु त शाश्वत छ। मान्छे मृत्युको रजिस्ट्रारमा साइन गरेर जन्म लिन्छ। त्यसो भए  जानीजानी किन मर्ने?अर्को कुरा जुनसुकै धर्मको सारले आफू बाँच्ने र अरुलाई बचाउने वातावरण बनाउन सिकाएको छ। विशेषगरि हिन्दू धर्ममा आस्था राख्नेले जन्म र मृत्युको महत्व धेरै बुझेको हुनुपर्छ ।तनाव व्यवस्थापन गर्नेबारे पनि हिन्दू दर्शनमा प्रशस्त कुरा प्राप्त हुन्छन्  ।

इच्छामरणको अधिकार
कतिपय देशहरुमा प्राणघातक रोग लागेका, विकलाङ्ग र इच्छा मरण राख्नेहरुका लागि सुनुवाइ हुने गरेको छ भन्ने सुनिन्छ।त्यो नेपालमा पनि लागू हुन्छ होला बिस्तारै ।तर नेपालमा आत्महत्या एक गम्भीर अपराध नै मानिन्छ। आत्महत्या गर्न कसैको दुरुत्साहन गरेर सुसाइड नोट छोडे पनि त्यसको खासै सुनुवाई हुँदैन।  बरु परिवारले एक सदस्य गुमाइसकेको हुन्छ दोषीले अपराध भोगे पनि मरेर जाने फर्केर आउँदैन।

निष्कर्ष
आत्महत्यालाई कसरी रोक्न सकिन्छ ? कसरी निरुत्साही पार्न सकिन्छ ?आत्महत्याको महत्त्वपूर्ण कारणहरु बारे हामीले यसअघिको आत्महत्या अध्यन गरेर कसरी रोक्न सकिन्छ भन्ने बारे गहन अध्ययन गर्नुपर्छ। तनाव व्यास्थापन बारे परामर्श दिनुपर्छ। डिप्रेसन रहेकाहरुको पहिचान गरि जीवनको मूल्य र सामाजिक दायित्वबारे बोध गराउन सक्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.