Thursday, June 24, 2021
- बिज्ञापन -
गृह पर्यटन / भ्रमणनाट्टा प्रदेश १ को अध्यक्षमा झापाका उदयकुमार

नाट्टा प्रदेश १ को अध्यक्षमा झापाका उदयकुमार

बिर्तामोड | नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश १ को अध्यक्षमा झापाका व्यवसायी उदयकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । उनी बिर्तामोडको पञ्चकन्या ट्राभलका सञ्चालक हुन् ।

शनिबार झापाको बिर्तामोडमा सम्पन्न संस्थाको नवौँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा विराटनगरको इस्टर्न एसियाका पुण्यप्रसाद भट्टराई, उपाध्यक्षमा धुलाबारीको श्रीजन ट्राभलका ऋषिराज तिम्सिना, महासचिवमा बिर्तामोडको काउन्सिल ट्राभलका नविन खरेल, सचिवमा विराटनगरको प्रारम्भ ट्राभलका सुरेन्द्रप्रसाद पौडेल र कोषाध्यक्षमा काँकरभिट्टाको आसाम ट्राभलका सजीत तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा इटहरीको मिसन ट्राभलका जीवन पराजुली, बिर्तामोडको शाश्वत ट्राभलका मनरथ सिलवाल, दमकको गंगा ट्राभलका धर्मराज शिवाकोटी र विराटनगरको धनकुटेली ट्राभलका चक्रबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् । अधिवक्ता तेजप्रसाद कट्टेल संयोजक रहेको निर्वाचन समिति सदस्यमा नाट्टाका केन्द्रीय सदस्य हरिकुमार श्रेष्ठ र पत्रकार हिमाल खरेल थिए ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु