बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं। बुद्ध एयरको थप एटिआर-७२ जहाज शुक्रबार नेपाल अवतरण हुने भएको छ।

विश्वसनियता विस्तारका लागि कम्पनीले यो सिरीजको जहाज थप्न लागेको कम्पनीका बजार तथा विक्री निर्देशक रुपेश जोशीले बताए।

‘यात्रु मागलाई ध्यानमा राख्दै हामीले एटिआर-७२ सिरीजको दुईवटा जहाज थप्न लागेका हौँ। एउटा जहाज शुक्रबार अवतरण हुनेछ। अर्को जहाज दुई महिनापछि ल्याउने तयारी गरिरहेका छौँ।’ बजार तथा विक्री निर्देशक जोशीले भने।

कम्पनीले चाँडै नै तीनवटा जहाज नेपालगञ्ज, विराटनगर र भैरहवा लगायतका गन्तब्यमा नाइट स्टपका लागि राखेर संचालनमा ल्याउने योजना रहेको पनि उनले जानकारी दिए।

‘शुक्रबार नेपाल अवतरण हुने जहाज बिहीबार ग्रिसबाट उडान भइसकेको छ। आज साँझ मिडल इस्ट आइपुग्नेछ। भोलि साँझ ६:३० बजे यो जहाज नेपाल अवतरण हुनेछ।’उनले भने।

‘समय यात्रुको उडान हाम्रो’ नाराका साथ कम्पनीले यो सेवा संचालन गर्ने योजना बनाएको उनले बताए।

शुक्रबार थप एउटा एटिआर-७२-५०० सिरीजको जहाज थपिएसँगै बुद्धसँग एटिआर सिरीजको जहाज संख्या नौ पुग्नेछ भने कुल जहाज १४ वटा हुनेछ। एटिआर-७२ बाहेक कम्पनीसँग तीनवटा एटिआर-४२ र दुईवटा विचक्राफ्ट जहाज रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.