चन्द्रगढी वनको नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो कार्यभार

A notice in Nepali from Mechinagar Ward No. 10
Detailed photo of Durga Prasad Bhattarai handing over a document to Anuj Khatiwada during a ceremony, surrounded by other officials. The setting appears to be a community forest office with green walls.

२३ कात्तिक, मेचीनगर :  झापाको भद्रपुर नगरपालिका वडा नं. ९ र १० मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
हिजो सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी–सदस्यहरुले आजदेखि नै पदभार सम्हालेका हुन् ।
नवनिर्वाचित कार्यसमितिका लागि वन परिसरमा आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण समारोहमा अध्यक्ष दुर्गाप्रसाद भट्टराईले नवनिर्वाचित अध्यक्ष अनुज खतिवडालाई समितिको माइन्युटबुक र अन्य दस्तावेज प्रदान गर्दै जिम्मेवारी हस्तान्तरण गरे ।
निर्वाचन समितिका संयोजक दामोदर घिमिरेको अध्यक्षतामा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष खतिवडालाई संयोजक घिमिरे र अन्य पदाधिकारी–सदस्यलाई अध्यक्ष खतिवडाले सपथ गराएपछि पद हस्तान्तरण गरिएको थियो ।
निर्वाचन समितिका सदस्य मनकुमार डाँगीले सञ्चालन गरेको समारोहमा नवनिर्वाचित अध्यक्ष खतिवडाले प्रतिबद्धता मन्तव्यसहित आगामी योजनाहरु प््रस्तुत गरेका थिए भने निवर्तमान अध्यक्ष भट्टराईले विदाइ मन्तव्यसहित काफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउन साथ–सहयोग गर्ने एवम् शान्तिपूर्ण र मर्यादित ढंगले निर्वाचन सम्पन्न गराउन प्रत्यक्ष–परोक्ष योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.