पाथीभरा क्षेत्रमा लागेको डढेलो फैलिने जोखिम घट्यो

A notice in Nepali from Mechinagar Ward No. 10

ताप्लेजुङ । लगातार आठ दिन अघिदेखि सुरु भएको डढेलो पूर्णरुपमा नियन्त्रणमा नआए पनि पाथीभरा क्षेत्रमा लागेको डढेलो थप फैलिने जोखिम घटेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिदै भन्नुभयो “डढेलो फैलिनबाट रोके पनि पुराना मुडाहरुमा आगो सल्किरहेको अहिले पनि ती मुडामा लागेको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको बताउनुभयो ।

भौगोलिक विकटताका कारण पूर्णरुपमा डढेलो नियन्त्रणमा लिन कठिनाइ भएको र डढेलोले झण्डै पाँच सय रोपनी क्षेत्रफलमा क्षति पुर्याएको छ । जंगलमा बढीजसो सल्ला, साल र गुराँसका बोटमा क्षति पुगेको छ । डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान समेत नष्ट भएको छ ।
७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप बनाएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । पाथिभरा मन्दिर क्षेत्रनजिकै पुगेको आगो भने हेलिकोप्टरबाट पानी खन्याएर निभाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.