यूएईको नयाँ मापदण्डले नेपाली श्रमिक प्रभावित

माइतीघरमा विरोध

A notice in Nepali from Mechinagar Ward No. 10

 

२८ साउन, काठमाण्डौं : कोरोनाको महामारीको बीचमा नेपालीका प्रमुुख श्रम गन्तव्य मुलुकले आआफ्नै मापदण्ड बनाएर श्रमिकलाई प्रवेशमा खुला गरेका छन् । त्यस्ता मापदण्डअनुसारको व्यवस्था नेपालमा नहुँदा श्रमिक मारमा परेका छन् ।
देशमै उपलब्ध नभएको एन्टिजेन परीक्षणलाई श्रमिक प्रवेशको अनिवार्य सर्त राखेर श्रमिकलाई विमानस्थलबाटै फर्काउने कामले टिकट लिएर उड्ने तयारी गरेका श्रमिक झनै अन्योलमा परेका हुन् ।
पछिल्लो समय संयुक्त अरब इमिरेटस् (यूएई)ले लागू गरेको नयाँ मापदण्डका कारण सुर्खेत वीरेन्द्रनगर उपमहानगरपालिकाका जङ्गबहादुर शाही विमानस्थलबाट फिर्ता हुनुभयो । चार महिनाअघि यूएईबाट घर बिदामा आउनुभएका उहाँ विदेश जाने पुनः श्रम स्वीकृतिलगायतका सबै प्रक्रिया पूरा गरी मङ्गलबार ७२ घण्टाअघिको पीसीआर रिपोर्ट, कम्पनीले पठाएको टिकटसहित विमानस्थलमा पुग्नुभएको थियो तर उहाँसँग नयाँ मापदण्डअनुसारको एन्टिजेन परीक्षणको रिपोर्ट नहुँदा उहाँ यूएई उड्न पाउनुभएन ।

१३ वर्षदेखि यूएईको विभिन्न कम्पनीका काम गर्दै आउनुभएका उहाँले भन्नुभयो, “कम्पनीले पठाएको टिकट मङ्गलबारलाई थियो । भिसाको पनि अब दुई दिन मात्रै बाँकी छ, म के गर्ने ?” उहाँजस्तै यूएई जाने सयौँ युवा अन्योलमा छन् ।
नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको व्यवस्था र त्यस प्रविधि नै छैन । विमानस्थलका अधिकारीका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन यूएई सिभिल एभिएसन अथोरिटीले लागू गरेको नयाँ नियमका कारण कोही पनि यात्रु जान नपाउँदा जहाज रित्तै फर्केका छन् ।

नेपालबाट यूएई उड्ने यात्रुको हकमा ४८ घण्टाभित्र गरिएको कोरोना परीक्षण (पीसीआर)को नेगेटिभ रिपोर्ट र चार घण्टा पहिले विमानस्थलमै गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ । यूएई सरकारले पछिल्लो समय कोरोना सङ्क्रमण बढेका नेपालसहितका १६ मुलुकलाई जोखिमको सूचीमा राखेको छ । त्यस सूचीमा रहेका मुलुकबाट आउनेका लागि नयाँ मापदण्ड लागू गरिएको हो । यूएईले नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्कालगायतका देशलाई अति जोखिम भएका देशको सूचीमा राखेको छ । यूएईको यही नयाँ मापदण्डका कारण नेपालबाट यूएई हुने उडान अनिश्चित बनेको छ ।

माइतीघरमा विरोध
संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले भनेअनुसार एन्टिजेन परीक्षण गर्ने प्रविधिको व्यवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने माग गर्दै यूएई उड्न नपाएकाले राजधानीमा विरोध कार्यक्रम गरे । यूएई सरकारले नेपालीको प्रवेशका लागि एन्टिजेन परीक्षणबिना लगातार तीन दिनदेखि यूएई प्रवेश हुन नदिएपछि प्रभावित युवाले बुधबार माइतीघरमा विरोध गरेका हुन् ।

विरोधमा सहभागी युवाले यूएई जानेका लागि तुरुन्त एन्टिजेन परीक्षणको व्यवस्था विमानस्थलमा गरिनुपर्ने, भिसा अवधि सकिएर जान नपाएकाको क्षतिपूर्ति सरकारले बेहोर्नुपर्ने, उड्न नपाएकाको टिकटको खर्च सरकारले बेहोर्नुपर्नेलगायतका माग गरेका छन् ।

गोरखापत्रअनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.