९ जनाले पाए विशेष पर्यवेक्षकको भूमिका

A notice in Nepali from Mechinagar Ward No. 10

२६ वैशाख, काठमाडौँ :निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’को रुपमा निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ ।

देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षकहरु स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिएकोमा आयोगले ९ जनालाई ‘विशेष पर्यवेक्षक’को मान्यता सहित अनुमति दिएको हो ।

निर्वाचन आयोगले पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु भोजराज पोखरेल र निलकण्ठ उप्रेती, पूर्वगभर्नर हिमालय शमशेर जबरा, पूर्व निर्वाचन आयुक्त इला शर्मा, मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्य र पूर्वसचिव उदय नेपालीलाई विशेष पर्यवेक्षकको मान्यता दिएको हो ।

निर्वाचन आयुक्त सगुनशमशेर जबराले निर्वाचनसम्बन्धी विषयमा विशेष अनुभव भएका पूर्व विशिष्ठ पदाधिकारीलाई विशेष पर्यवेक्षकको मान्यता दिइएको बताए । उनले भने, ‘पर्यवेक्षणमा रुचि राख्नुहुने मध्येबाट पूर्व विशिष्ठ अधिकारीहरुलाई त्यस्तो मान्यताका साथ अनुमति दिइएको हो ।’ निर्वाचन आयोगका उपसचिव कमल भट्टराईका अनुसार, पूर्वप्रधानन्याायधीश, न्यायाधीशदेखि विशिष्ट श्रेणीबाट अवकाश पाएका अधिकारीहरुलाई विशेष पर्यवेक्षकको मान्यता दिइएको बताए ।

विशेष पर्यवेक्षकको भूमिका पाएकाहरुमध्ये अधिकांश आमनिर्वाचन पर्यवेक्षक समिति (जियोक) मा आवद्ध छन् । विभिन्न १० वटा संस्थाहरु मिलेर निर्वाचन अनुगमनका लागि जियोक नामक सञ्जाल स्थापना गरेका थिए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती भने लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल (डेकोन) मा आवद्ध छन भने मानव अधिकार आयोगका पूर्वसदस्य प्याकुरेल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट निर्वाचनको पर्यवेक्षण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.