मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-
प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):-
बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।पतिपत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्रा सम्भावना छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-
काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):-
विभिन्न उपहार प्राप्त हुने समय छ ।नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दिन सामान्य रहला ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):-
। निर्णायक क्षमतामा कमी आउला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विद्यार्थीहरुका लागि दिन राम्रो छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):-
गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-
प्रशस्त धन आर्जन हुने समय छ । काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । कृषि र चौपायामा।केही समस्या देखिएला।



















