नाकामा कडाई गर्दा बत्तीको व्यपार बढ्यो

A notice in Nepali from Mechinagar Ward No. 10

२२ कात्तिक,मेचीनगर : गतवर्षको तिहार र छठ पर्वको तुलनामा यसपटक झापाको मेचीनगरमा तिहार विशेष बत्ति किनमेल बढेको छ । किनमेल बढेसँगै झण्डै ७० दखि ८० प्रतिशतको व्यपारमा वृद्घि भएको व्यवसायीहरुको भनाई छ । । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले अन्य दिनका तुलनामा तिहारमा माग समेत दोब्बर हुने गर्दछ ।

यसअघिका तिहार छठमा भारतीय सीमावर्ती बजारमा गएर उपभोक्ता सामान खरिद गर्न गरेका थिए । यसपटक स्थानीय सरकार मेचीनगर नगरपालिकाले प्लाष्टिकका फूल प्रयोग नगर्न आग्रह गरे लगत्तै स्थानीय प्रशासनले सीमा नाकामा कडाई गरेसँगै स्थानीय उपभोक्ता स्थानीय बजारमा पुगेका थिए ।

उपभोक्ताहरुले स्थानीय बजारबाटै सामान खरिद गरेका कारण बजारमा यस्ता वस्तुको माग बढेसँगै व्यपार पनि बढेको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । तिहारमा रंगी विरंगी झिलिमिली लाइट, बत्ती जोड्ने प्रचलन नै छ । नेपालीहरुले तिहारमा दिपावली उत्सव मनाउन विभिन्न बत्तिहरुको खरिद गर्ने बाल्ने आम प्रचलन नै छ । तर, यसअघिसम्म यस्ता वस्तु खरीद गर्न काँकरभिट्टावासीहरु सीमावर्ती पश्चिम बंगालको पानीट्याँकीलगायत नक्शलबाडी, शिलीगढी, बाघडुग्रा बतासी, अधिकारी खोरीबारी भारतीय बजार धाउने गरेका थिए । यसपटक भने सीमाक्षेत्रमा आवत जावतमा कडाई गरे लगत्तै उपभोक्ताहरुले स्थानीय बजारबाटै सामान खरिद गरेपछि झण्डै ७० देखि ८० प्रतिशतले विक्री बढेको एकता ट्रेडर्स इलेक्ट्रोनिक्स पसलका सञ्चालकको भनाई छ । दिपावलीको समायमा बल्बको विक्री पनि दुईगुणाले बढेको उहाँको भनाई छ ।

तिहारसँगै लाइन (विद्युत) बाट बल्ने झिलिमिली बत्ति झालर, लाइट फोटो, स्टिकर, रंगिन बल्ब पाइप लाइट लगायत विद्युतीय बत्तीहरुको माग स्थानीय बजारमै उच्च रहेको उहाँको भनाई छ । विद्युतीय व्यवसायीहरुको तिहार प्रमुख सिजन भएको बताउदैं काँकरभट्टा विजुली पसलका सञ्चालक लाइनबाट चल्ने झालर बत्ती, फोटो, पाइप लाइट, स्टिकर लगायत ट्युवलाइट सिफएल चिमहरुको विक्री सोचे भन्दा राम्रो भएको बताउनुहुन्छ । व्यवसायीहरुको प्रमुख सिजनको समय तिहार भएकोले विशेष गरी भारतबाट आवश्यक बत्तीहरु खरिद गर्दा स्थानीय व्यवासायीहरु मारमा परेका थिए ।

बत्ती बाल्नु घर झिलिमिली बनाउनु नेपालीहरुको संस्कार नै बनिसकेको छ । गाउँघरमा मानिसहरु बत्ती नहुने समय ठाउँमा पनि पालामा तेल हालेर दियो बाल्ने प्रचलन छ । नेपालीहरुले दिपावलीलाई भव्य रुपमा मनाउने गर्दछन् । तर, यस्ता बत्ती खरिदका लागि अधिकाँश उपभोक्ताहरु स्थानीय बजारभन्दा सीमावर्ती भारतीय बजारमा सस्तो पर्नै भन्दैं उतै नै धाउने गर्दथिए । स्थानीय बजारमा भन्दा भारतीय बजारमा सस्तो पर्ने भएको उपभोक्ताको बुझाई छ । तर, यसपटक भने सवैले स्थानीय बजारमै खरिद गरेका कारण काँकरभिट्टाका इलेक्ट्रोनिक्स पसलहरुमा उपभोक्ताहरुको भीड निक्कै लागेको यूनिक इलेक्ट्रोनिक्सका सञ्चालक अञ्जु थापाको भनाई छ ।

आधुनिक समयसँगै विजुली बत्तीको सुविधा पुगेपछि मानिसहरु विद्युतीय बत्ती प्रति आकार्षित हुदै गएको मेची उद्योग बाणिज्य संघका सदस्य दीपेन्द्रराज पाण्डेको भनाई छ । आफ्नो इच्छा चाहना अनुसार रंग साइज र आर्थिक मूल्यमा छान्न पाउने भएकोले यस प्रकारका बस्तुतर्फ आकर्षण बढेको उहाँको भनाई । अन्य दिनको भन्दा तिहार बढी व्यापार हुने समय भएको व्यवसायीहरुको भनाई छ

नयाँ पुराना घरहरुमा रंगरोगन गरी ट्युवलाइट, सिएफएल लगायत दिपावली विशेष झिलीमिली बत्ती प्रयोग हुँदा व्यापार बढेको व्यवसायी कृष्ण मगरका भनाई छ । उत्सव र पर्वहरुमासमेत प्रयोग हुने यस्ता झिलिमिली बत्ती, धेरैजसो छिमेकी मुलुक भारतबाटै उपभोक्ताले खरीद गर्ने गरेका छन् ।

तिहारको समयमा हजारौको विद्युतीय बत्ती भारतीय बजारबाट स्थानीय उपभोक्ताले ल्याउने भएपनि यसपटक सीमामा कडाई गरेका कारण मेचीनगरका विभिन्न बजारमा लाखौंको कारोबार भएको भनाई छ । त्यस्ता बस्तुहरु नेपाल भित्रिदा लाखौं रुपैया बाहिरिने गर्दछ । तर यसपटक त्यो पैसा स्थानीय बजारमै परिचालन भएको छ ।

नेपालमा केही समययता दैनिक ठूलो परिमाणमा झिलिमिली बत्ती भित्रिएको पाइन्छ । साधारण कम गुणस्तरका सस्ता कमसल सामानहरुका कारण भने नेपाल डम्फिङ साइड बन्दै गएको जानकारहरु बताउँछन् अनि तर हरेक वर्ष माग बढेको बढ्यै पाइन्छ । यसकारण पनि स्थानीय उपभोक्ताहरुलाई स्थानीय बजारतर्फ नै केन्द्रित गर्न सम्बन्धित पक्ष लाग्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.