कोशी प्रदेशसहित देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: सतर्कता अपनाउन मौसम विभागको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण कोशी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रही तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ।

अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थान तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पूर्वी नेपालको कोशी प्रदेश, मधेश र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा मौसम साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी प्रदेशमा दिउँसो र राति नै मध्यम वर्षाको प्रक्षेपण
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूका साथै देशका अन्य हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि दिउँसो वर्षा हुन सक्नेछ।

आज राति पनि कोशी प्रदेशमा मौसमको प्रभाव बढी रहने देखिन्छ। कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेश लगायत अन्य तराई भू-भागमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र देशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले वर्षा, गुड्ने चट्याङ तथा हिमाली भेगमा हुने हिमपातका कारण दैनिक जनजीवन, कृषि क्षेत्र, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध कोशी प्रदेशवासी लगायत सम्पूर्ण सर्वसाधारणमा विशेष आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.