मौसम पूर्वानुमान: पहाडमा क्षणिक वर्षा, तराईमा लु

A notice in Nepali from Mechinagar Ward No. 10

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

विशेषगरी मध्य तथा पूर्वी तराईका भू-भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण तातो हावा (लु) चलिरहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.