बीपी राजमार्ग पुनः सञ्चालनमा, सावधानी अपनाउन आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

१५ चैत, काभ्रेपलाञ्चोक : वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको बीपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार भक्तपुर सडक डिभिजन कार्यालयसँगको समन्वयमा आइतबार बिहानदेखि राजमार्ग दुईतर्फी रूपमा खुलाइएको हो।

यद्यपि, मौसम अझै पूर्ण रूपमा अनुकूल नभएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

शुक्रबार साँझ ६ बजेदेखि रोशी गाउँपालिकाका विभिन्न स्थान—घुमाउनेडाँडा, विरुवाडाँडा, चिउरीबास तथा नमोबुद्ध नगरपालिका अन्तर्गत चौकीडाँडा क्षेत्रमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। रोशी खोलामा आएको बाढीले करिब साढे पाँच किलोमिटर क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन बगाएको थियो।

बगाएका स्थानहरूमा पुनः अस्थायी डाइभर्सन निर्माण गरेपछि सवारी आवागमन सुचारु गरिएको जनाइएको छ।

यसैबीच, यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सरोकारवाला निकायले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.