१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम [पूर्ण पाठसहित]

सेयर:

२५ जेठ, रूपन्देही : स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मंगलबार नीति कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ को महामारीले प्रदेशको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु परेको बताए । उनले सरकारले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताए ।

यादवले प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा कोभिड–१९ बाट प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र उद्योग स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ । कोभिडको उपचार र व्यवस्थापनका लागि पूर्वाधार निर्माण, औषधि, उपकरण र जनशक्ति व्यवस्थापन कार्य पनि प्राथमिकतामा छ । स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रमदेखि प्रदेशभित्रका अस्पतालहरुको स्तरोन्नतीलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

कृषि, शिक्षा, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा भने अधिकांस कार्यक्रम दोहोरिएका छन् । नयाँ कार्यक्रम र नयाँ योजनालाई सरकारले न्यून प्राथमिकता दिएको छ ।

मुख्यमन्त्रीको नामबाट सञ्चालन हुने अभियानमुखी कार्यक्रम सरकारले थप गरेको छ । यसअघि मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन गरेको सरकारले आगामी वर्षमा मुख्यमन्त्री स्वच्छ खानेपानी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारको ‘एक घर एक धारा’ अभियान अहिले जारी छ । सडकतर्फ पहुँच मार्ग निर्माण, जोखिमयुक्त बस्तीहरुको स्थानान्तरण, एक जिल्ला एक बाली, पाल्पा, रोल्पा र प्यूठानमा हिल स्टेशन निर्माण लगायतका कार्यक्रमहरु दोहोरिएका छन् ।

सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।