१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपाली र अमेरिकी सेनाबिच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत काभ्रेको पाँचखालमा सञ्चालन हुने कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले अनुभव तथा प्राविधिक ज्ञान साटासाट गर्नेछन्।

सेयर:

‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत काभ्रेको पाँचखालमा सञ्चालन हुने कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले अनुभव तथा प्राविधिक ज्ञान साटासाट गर्नेछन्।

📌 मुख्य बुँदाहरू:

  • नेपाली सेना र अमेरिकी सेनाबिच विस्फोटक पदार्थ पत्ता लगाउने र निष्क्रिय पार्ने सीप आदानप्रदान हुने।
  • पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मङ्सिर १४ देखि २१ गतेसम्म कार्यक्रम सञ्चालन हुने।
  • कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले यस कार्यक्रमले दुई देशबिचको दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने बताएकी छिन्।

नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबिच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ। अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू आगामी मङ्सिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको उक्त कार्यक्रममा सहभागी हुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने यस कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले विस्फोटक पदार्थ तथा उपकरण पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा विसर्जन गर्ने विधिबारे अनुभव साटासाट गर्नेछन्। कार्यक्रममा अमेरिकी सैन्य विशेषज्ञहरूले कार्यसञ्चालनको अनुभव, प्राविधिक ज्ञान र उत्कृष्ट अभ्यासबारे जानकारी गराउनेछन् भने उनीहरूले शान्ति स्थापना कार्यका क्रममा विस्फोटक पदार्थबाट उत्पन्न जोखिम व्यवस्थापनमा नेपाली सेनाले हासिल गरेको अनुभवबाट पनि सिक्ने अवसर पाउनेछन्।

सैन्य सहकार्य र तयारी क्षमता सुदृढ हुने

दुवै देशका विशेषज्ञले संयुक्त रूपमा अभ्यास गरी विस्फोटक पदार्थजन्य जोखिम पहिचान, व्यवस्थापन र सुरक्षित विसर्जनका लागि आवश्यक सीप अभिवृद्धि गर्नेछन्। यस कार्यक्रमले दुई देशबिचको सैन्य सहकार्य र तयारी क्षमता सुदृढ गर्नुका साथै शान्ति सैनिक तथा नागरिकको सुरक्षा गर्ने क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको दूतावासले जनाएको छ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वका अग्रणी मुलुकमध्ये एक रहेको उल्लेख गर्दै यस कार्यक्रमले नेपाल र अमेरिकाबीचको दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने बताएकी छिन्। विस्फोटक पदार्थ निष्क्रिय पार्ने र हटाउने विषयमा विज्ञता आदानप्रदान गर्दा दुवै देशका साथै विश्वभरका शान्ति स्थापना अभियानमा मानवीय जीवनको रक्षा गर्ने क्षमता अभिवृद्धि हुने उनको भनाइ छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।