१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

सेयर:

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका-५ का ५० वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि झापाको बि एण्ड सी अस्पताल पुर्‍याउन साथ गए राति नै ती महिलाको मृत्यु भएको हो ।

असार १५ गते एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

योसहित जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।