१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

जुवा खेलीरहेको अवस्थामा एघार जना पक्राउ नगद दुईलाख बढी रुपैयाँ र १६ थान कौडा बरामद

सेयर:

काँकरभिट्टा, १ साउन | शुक्रबार साँझ ६ बजे झापा जिल्ला दमक नगरपालिका —७ हाटखोला स्थित कर्ण वहादुर राईको घरमा जुवा खेलीरहेको अवस्थामा प्रहरीले नगद दुईलाख बढि रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक समेतको प्रहरी टोली उक्त स्थानमा पुग्दा मानिसहरुलाई खालमा पैसाको वाजी थापी हार जित हुने जुवा खेलीरहेको अवस्थामा २ लाख ८ हजार ९५ रुपैयाँ नगद, कौडा १६ थान र उनीहरुले ओछयाएको कार्पेट समेत रीतपूर्वक वरामद गरी ११ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घरधनी समेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाका अनुसार पक्राउ पर्नेहरुमा घरधनी दमक —७बस्ने ४० वर्षीय कर्णबहादुर राई, गौरादह —३ बस्ने ४२ वर्षीय दिनेश अधिकारी, सोहि ठाउँका ३८ वर्षीय इन्दुकुमार राजवंशी, इटहरी उपमहानगरपालिका —४ बस्ने ३५ वर्षीय विक्रम गुरुङ्ग, गौरादह —२बस्ने ३२ वर्षीय निर्मल थापा, दमक—२ का बस्ने ४२ वर्षीय रामबहादुर धिमाल, दमक—७ ४० वर्षीय राजन दाहाल, गौरादह— ३ बस्ने ३४ वर्षीय अंकित कार्की, दमक— ७ बस्ने ४४ वर्षीय गंगा पाठक, सुनसरी इटहरी उपमहानगरपालिका —१९ बस्ने २६ वर्षीय मिलन राई र दमक — ६ बस्ने ३३ वर्षीय विजय सिहं रहेका छन् ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सवैलाई आवश्यक अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।