१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचय पत्र वितरण

सेयर:

१० साउन , काँकडभिट्टा : झापाकाे मेचीनगर- ६ स्थित काँकडभिट्टा स्वास्थ्य चाैकीले ३१ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई परिचय पत्र वितरण गरेकाे छ । दशकाै देखि प्रत्येक गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा र परमर्शा प्रदान गर्दै आएपनि उनीहरूसँग आफ्नाे पहिचान खुल्ने परिचय पत्र थिएन। आगमीदिन उनीहरूमा थप हाैसला र उर्जा मिलाेस भन्दै चाैकीले आफ्नाे क्षेत्रभित्रका ३१ जना महिला स्वास्थ स्वयम् सेविकालाई परिचय पत्र प्रदान गरेकाे चाैकी प्रमुख सिनियर अहेव लेखनाथ खतिवडाले जानकारी दिनुभयाे । उहँले परिचय पत्रले काम गर्न थप सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

“दशकाैदेखि नि:स्वार्थ, नि:शुल्कस्वास्थ्य जस्ताे विषयमा मानवीय भावले काममा खटे पनि सामान्य परिचय पत्र विहिन थिए ” चाैकीका अहेव विष्णुप्रसाद घिमिरेले भन्नुभयाे-” अब उहाँहरूले आफ्नाे परिचय दिईरहनु पर्दैन परिचय पत्र नै बाेल्छ ।” सवैलाई चाैकी प्रमुख खतिवडा र अहेव घिमिरेले दर्जनाै स्वास्थ्यकर्मीहरूकाे उपस्थितिमा परिचय पत्र प्रदान गर्नुभएकाे अनमि विद्या मैनाली शिवाकोटीले बताउनुभयाे ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।