१४ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गैरसंवैधानिक : जनजाति महासंघ

सेयर:

१२ साउन, काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षतासम्बन्धी जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको टिप्पणी गरेको छ।

महासंघका अध्यक्ष जगत बरामले विज्ञप्ति जारी गर्दै यस्ता अभिव्यक्ति राष्ट्रियता र संविधान विरोधी भएको बताउँदै आपत्ति प्रकट गरेका छन्। ‘यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ‚ ‘यस्ता खाले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं।’

महासंघले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तले नेपालको राष्ट्रियतालाई मजबुत बनाउँदै राष्ट्र विकासका लागि संघीयता कोशेढुंगा साबित भएको छ बताएको छ। तर राजनैतिक दलका कतिपय नेताहरुको सशंकुचित सोचले संघीयता र धर्म निरपेक्षताको मर्म र भावनाविपरीत काम भइरहेको र संघीयतालाई बदनाम गर्ने गरी दुस्कार्य भइरहेको पनि दाबी गरेको छ। यस्ता प्रवृत्ति बढ्दै गए नेपाली जनताले त्यस्तालाई कारवाही गर्ने महासंघले चेतावनी दिएको छ।

थाहाखबरबाट

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।