१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

कराँची भवन दुर्घटना: मृतकको सङ्ख्या १२ पुग्यो, अझै ८ जना बेपत्ता

पाकिस्तानको कराँचीमा निर्माणाधीन छ तले भवन भत्किँदा उद्धार कार्य जारी, घटनामा संलग्न ४ जना पक्राउ

सेयर:

पाकिस्तानको कराँचीमा निर्माणाधीन छ तले भवन भत्किँदा उद्धार कार्य जारी, घटनामा संलग्न ४ जना पक्राउ

📌 मुख्य बुँदाहरू:

  • कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, शनिबार थप चार वटा शव फेला
  • घटनास्थलमा अझै कम्तीमा आठ जना बेपत्ता, उद्धार टोलीद्वारा खोजी कार्य तीव्र
  • सिन्धका मुख्यमन्त्रीद्वारा तीन अधिकारी बर्खास्त र १६ कर्मचारी निलम्बनको निर्देशन
  • कमसल सामग्री प्रयोग गरेको आरोपमा भवन मालिकसहित चार जना पक्राउ, मुद्दा दर्ता

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा निर्माणाधीन छ तले भवन भत्किँदा मृत्यु हुने सङ्ख्या १२ पुगेको छ । भग्नावशेषबाट शनिबार थप चार जनाको शव निकालिएसँगै मृतकको सङ्ख्या बढेको उद्धार अधिकारीहरूले बताएका छन् । सिन्ध प्रान्तको कराँचीस्थित बालोच कोलोनीमा बुधबार भएको सो दुर्घटनामा परेर अझै पनि कम्तीमा आठ जना बेपत्ता रहेको जनाइएको छ ।

भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि उद्धार टोलीले भारी मेसिन तथा विशेष उपकरणहरूको प्रयोग गरिरहेको छ । भग्नावशेषमा थप मानिसहरू पुरिएको आशङ्कामा उद्धारकर्मीहरूले उच्च सतर्कताका साथ खोजी कार्य जारी राखेका छन् । यसअघि शुक्रबार करिब ५४ घण्टसम्म भग्नावशेषमा पुरिएका २८ वर्षीय मोहम्मद आदिललाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो ।

अधिकारीहरू निलम्बन र चार जना पक्राउ

घटनालगत्तै सिन्धका मुख्यमन्त्री मुराद अली शाहले लापरबाही गर्ने तीन अधिकारीलाई पदबाट हटाउन, १६ कर्मचारीलाई निलम्बन गर्न र घटनाबारे छानबिन गर्न कडा निर्देशन दिएका छन् । भवन निर्माणका क्रममा कमसल सामग्री प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

निर्माणमा लापरबाही गर्ने भवनका मालिक, निर्माणकर्ता, वास्तुकार तथा संरचनागत इन्जिनियरसहितका व्यक्तिहरूविरुद्ध प्रहरीमा औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले यस घटनाको अनुसन्धानलाई तीव्रता दिँदै हालसम्म चार जनालाई पक्राउ गरिसकेको छ ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।