१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

महोत्तरीमा बिदाका दिन सरकारी गाडी चलाउन जिल्ला प्रशासनको पास चाहिने

सेयर:

१२ साउन, महोत्तरी : महोत्तरीमा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाइए सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन बिना अनुमतिको सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेको छ । जिल्लाका सबै स्थानीय तह, सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानका सवारी साधनलाई बिदाका दिन अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

‘कोही कसैले सार्वजनिक बिदाको दिन सरकारी साधनको प्रयोग गरेको पाइएमा तथा सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग भए गरेको पाइएमा खटिएका सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिने व्यवस्था मिलाइएको व्यहोरा समेत अनुरोध छ,’ सूचनामा भनिएको छ ।

सरकारी अस्पताल, सरकारी एम्बुलेन्स तथा सुरक्षा निकायका सवारी साधनलाई भने अनुमति लिनु नपर्ने भएको छ । यस्तै, सरकारी कार्यको सिलसिलामा काठमाडौं लगायत विभिन्न जिल्लामा जानुपर्ने भएमा समेत अनिवार्य रुपमा अनुमतिपत्र लिन भनिएको छ ।

अनलाइनखबरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।