‘नेपाल आइडल’का निर्णायक परिवर्तन

A notice in Nepali from Mechinagar Ward No. 10

४ भदौ, काठमाडौं : चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्।

फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायक परिवर्तन गरेको हो।

नयाँ निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्।

निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बाँस्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए।

उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुसी व्यक्त गरे। गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुसी भएको बताइन्।

उनले भनिन्, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरूले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाउँदा खुसी छु।’

ढिलै भए पनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुसी लागेको कलाकारहरूले बताएका छन्।

नेपाल आइडल सिजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन्।

सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सिजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो।

चौथो संस्करणको गायन रियालिटी शो ‘नेपाल आइडल’ को डिजिटल अडिसन शुरू भइसकेको छ।‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलका अनुसार भदौ १ गतेदेखि सुरू भएको डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ।

कोरोनाको महामारीबीच अडिसन गर्न ठाउँ ठाउँमा पुग्न गाह्रो भएकाले डिजिटल अडिसन शुरु गरिएको पौडेलले जानकारी दिए।

डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले सहभागी हुन पाउने छन्।

‘नेपाल आइडल’को चौँथो संस्करणको डिजिटल अडिसनका लागि प्ले स्टोरमा गएर एपी अन एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी मागिएको विवरण भर्नुपर्नेछ। साथै आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.