२१ भदाै, पानीट्याँकी( भारत) : नेपालकाे ओखलढुंगा घर बताउने ३५ वर्षीय राहुल कटवाल भारतमा पक्राउ परेका छन् ।
समाचार स्राेतका अनुसार दाेहाेराे सरकारी कागजात भएका कारण नेपालकाे सीमावर्ती बजार भारतकाे पश्चिम बंगालकाे पानीट्याँकीबाट चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् ।
चेकजाँचमा खटिएकाे सीमा सुरक्षा बल एसएसवीले कट्वाललाई पक्राउ गरेकाे समाचार स्राेतले जनाएकाे छ ।
भारतकाे सिक्किम जान हिडेका कट्वालका साथबाट भारयीय सुरक्षाकर्मीले नेपाली नागरिकताकाे प्रमाण पत्र, भारतीय पासपोर्ट , भाेटकार्ड,चालक अनुमती पत्र र आधार कार्ड फेला पारेकाे जनाएकाे छ ।
आवश्यक अनुसन्धानका लागि उनलाई भारतीय प्रहरीकाे जिम्मा लगाईएकाे बताईएकाे छ ।

