१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगरका ५१ मध्ये एकजनामात्र एकीकृत समाजवादीमा

सेयर:

२३ भदौ, मेचीनगर: झापाको मेचीनगर नगरपालिकाबाट स्थानीय तहमा एमालेकातर्फबाट निर्वाचित एकजनालेमात्र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन् । १५ वटा वडा रहेको मेचीनगरमा ७७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । कार्यपालिकामा ३ जना मनोनित गरी नगरकार्यपालिकामा कुल ८० जना जनप्रतिनिधि रहेका छन् ।

कुल ८० मध्ये नगर उपप्रमुख मीना पोखरेल उप्रेतीसहित ५१ जना जनप्रतिनिधि नेकपा एमाले पक्षका थिए । ती मध्ये मेचीनगर वडा नम्बर ६ का महिला वडा सदस्य एवम् कार्यपालिका सदस्य लक्ष्मी पाख्रीनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नु भएको हो ।

मंगलबार अन्तिम दिन पाख्रिनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेको निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अधिकृत तुलसीकुमार नेपालले जानकारी दिनुभयो । एकीकृत समाजवादी रोजेर उहाँले सनाखत गर्नुभएको बताइएको छ । नगरपालिकामा नगर प्रमुख विमल आचार्यसहित २७ जना जनप्रतिनिधि नेपाली काँग्रेस निकट छन् ।

वडानम्बर १, २, ३, ८, ११, १३ र १४ गरी सातवटा वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका थिए भने ४,५,६,७,९,१० र १५ गरी सातवटा वडाम नेपाली काँग्रेसकातर्फबाट वडाअध्यक्ष विजयी भएका थिए । बाँकी एउटा १२ नम्बर वडामा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भएका थिए । प्रत्येक वडाका चार जना वडा सदस्यहरुमा अधिकाँशमा एमालेका विजयी भएका थिए ।

झापामा १५ स्थानीय तहका जम्मा ७ सय २३ जनप्रतिनिधिमध्ये एमालेबाट ४ सय ९३ जनाले जितेका छन् त्यसमा ६ जना मेयर, ८ जना उपमेयर, एक जना गाउँपालिका अध्यक्ष, चार जना उपाध्यक्ष छन् । झापाबाट एमालेका कूल ४ सय ९३ जना जनप्रतिनिधिमध्ये सात जनाले मात्रै पार्टी परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।