१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

कौडा खेलीरहेका १६ जना व्यक्ति प्रहरी नियन्त्रणमा : भाग्ने क्रममा एकजना घाइते

सेयर:

चारलाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा प्रहरीले नियन्त्रणमा लियो

६ असोज, मेचीनगर : झापाको दमकबाट जुवा खेलीरहेको अवस्थामा १६ जना व्यक्तिसहित चारलाख २७ हजार ६ सय रुपैयाँ प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले १६ थान कौडा पनि नियन्त्रणमा लिइएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार मंगलबार राति ११ बजे दमक—१ स्थित हिमाल देवानको घर कम्पाण्उडको पछाडि पटि जस्ताको छानो भएको एकतले भान्सा कोठामा बाजी थापेर कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

भद्रपुर —७ का ५१ वर्षीय युवराज न्यौपाने, ९ का ४९ वर्षीय दीलबहादुर राई, १० का ५० वर्षीय ठाकुरप्रसाद निरौला, विर्तामोड—१ का ४२ वर्षीय तीर्थ अधिकारी, गौरादह — ५ का ४५ वर्षीय हरि कोइराला, कमल गाउँपालिका—४ का ४७ वर्षीय सुबिन्द्र सुब्बा, कन्काई—३ का ३२ वर्षीय मोहन वराल, सोहि ठाउँका ३२ वर्षीय सुनिल साह, रामग्राम गाउँपालिका—४ मोरङका ४७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, ५ का ४२ वर्षीय नैनकुमार चौधरी, ६ का ४४ वर्षीय रुपेश तामाङ, पथरी शनिश्चरे —४ का ४० वर्षीय बलराम बस्नेत, १ का ४३ वर्षीय गंगाराम मगर, बेलबारी— ११ का २१ वर्षीय निशान पोखरेल, दमक— ७ का ४९ वर्षीय कर्ण राई र ३ का ३४ वर्षीय विनोद थेबेलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी आएको खवर पाउन साथ भाग्ने क्रममा भद्रपुर—१० का ५० वर्षीय ठाकुरप्रसाद निरौला घाइते भएका छन् । भाग्ने क्रममा फाल हान्दा उनको दुवै खुट्टाको पैतालामा चोट लागेको छ । उनको दमकस्थित लाइभ लाईन अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । बाँकीलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।