१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

विदेशी मुद्राको सञ्चिति घटेपछि नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गर्ने

सेयर:

१३ असोज, काठमाडौं : विदेशी मुद्रा सञ्चिति अभाव हुने संकेत देखिएको छ । देशमा विदेशी मुद्राको सञ्चिति निकै घटेपछि नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गर्ने भएको छ ।

विदेशबाट आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिति ह्वात्तै घटाएका कारण विदेशी मुद्राको अभाव हुने भन्दै केन्द्रिय बैंकले डलर सटहीमा कडाइ गर्न बुधबार बैंकहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले अधिकतम २ हजारभन्दा बढी डलर सटही नगर्न भनेको हो । डलर सटही पनि विदेश जानेहरुका लागि मात्रै गरिदिन राष्ट्र बैंकले भनेको छ । डलर सटही गर्न विदेश जान लागेको प्रमाण समेत पेश गर्नु पर्ने हुन्छ ।

पासपोर्टको छायाकपी राखेर मात्रै सटही सुविधा दिने गरिएको छ । तर बैंकले सामान्य अवस्थामा तोकिएको सीमा भन्दा पनि बढी सटही सुविधा दिने गरेका छन् ।

अहिले विदेशी मुद्रा सञ्चिति निकै समस्याको रुपमा देखिन सक्ने संकेत देखिएको भन्दै निकै कडाइका साथ सटहीसम्बन्धी नियम कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा विदेशी मुद्राको सञ्चिति पनि एकदमै कमजोर देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ महिना १० दिनको वस्तु आयात र ८ ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

जेठ महिनासम्म विदेशी मुद्राको सञ्चिति १४ महिनाको वस्तु आयात धान्न सक्ने थियो । अहिले कुल विदेशी मुद्रा सञ्चिती गत असार महिनासम्म १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

साउनसम्म आइपुग्दा ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । साउन महिनामा कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ र अरु बैंक तथा वित्तीय संस्थामा १ खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ ।

साउन पछि भदौ र असोजको पहिलो साता झनै दाबाव बढेको केन्द्रिय बैंकको ठहर छ । यसका लागि कडाइ गरिएको राष्ट्र बैंकले बताएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।