१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

साफपछि मुख्य प्रशिक्षक अब्दुल्लाहद्वारा नेपाल छाड्ने घोषणा

सेयर:

२७ असोज, काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने बताएका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रेन्समा उनले साफपछि राजीनामा दिएको बताएका हुन् ।

‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ उनले भनेका छन् । अलमुताईरिको प्रशिक्षणमा नेपालले साफमा ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक फाईनल पुगेको छ ।

५ राष्ट्र सहभागि साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको हो । अलमुताईरि गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए ।

अलमुताईरीको प्रशिक्षणमा नेपालले खेल्ने मानसिकतामा परिवर्तन भएको छ । उनले यसअघि पनि राजीनामा दिने भन्दै सामाजिक सञ्जालमा लेखेर विवादमा आएका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।