१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

यसरी हुँदैछ एमाले महाधिवेशन, कसलाई के जिम्मेवारी (पूर्णपाठ सहित )

सेयर:

१७ कार्तिक, काठमाडौं : नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व र शक्ति स्थापित हुने दावी गरेको छ । केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनपछि एमाले अझ बलियो बन्ने बताए ।

महाधिवेशनको तयारी चलिरहेको बेला एमालेले हालसम्म भएका कामहरुको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा हालसम्म भएका तयारी र प्रतिनिधि चयनको प्रक्रियाबारे प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिएका थिए ।

महाधिवेशन सम्बन्धी कामका लागि विभिन्न समितिहरु गठन भएका छन् । महाधिवेशनमा देशभित्रका २२ वटा जनसंगठनबाट पाँच पाँच जना र भारत, अमेरिका, यूरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि बन्न पाउने भएका छन् ।

हेर्नुस् एमाले महाधिवेशनको तयारीबारे पार्टीले जारी गरेको विज्ञप्ति:

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।