१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

तीन प्रहरी निरीक्षक भारतमा पुरस्कृत

सेयर:

काठमाडौं : भारतमा हालै सम्पन्न भारतीय प्रहरी सेवा (आइपिएस) तालिममा सहभागी नेपाल प्रहरीका तीन प्रहरी निरीक्षक पुरस्कृत भएका छन्।

सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित उक्त तालिममा सहभागी प्रहरी निरीक्षक अनिल थापा, किरण रावत र सिमोन धिताल पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूलाई फरकफरक तीन सम्मान प्रदान गरिएको जनाइएको छ। उक्त दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उनीहरूलाई पुरस्कार प्रदान गरे।

दीक्षान्त समारोहमा नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति थिए। उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षक किरण रावत, अनिल थापा, सुवास खतिवडा, होमनाथ रेग्मी र सिमोन धिताल गरी पाँच प्रहरी अधिकृतको सहभागिता थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।