१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रेस क्लब मेचीनगरको साधारणसभा पुष १७ मा

सेयर:

२५ मंसिर, मेचीनगर :प्रेस क्लब मेचीनगरले आफ्नो सातौं वार्षिक साधारण सभा आगामी पुस १७ गते शनिबार गर्ने भएको छ ।

शनिबार बसेको सचिवालयको सातौं बैठकले पुस १७ गते शनिबार तद्नुसार जनवारी १ तारिखमा गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।

सभालाई मेचीनगर भित्र रहेको पर्यटकीय स्थलमा गर्ने गरिको तयारी गरिएको अध्यक्ष उप्रेतीले बताए ।

क्लबको कार्यालयमा सम्पन्न बैठकमा क्लबका गतिविधिलाई थप सक्रियताका साथअघि बढाउनेसमेत निर्णय भएको अध्यक्ष उप्रेतीले बताए ।

बैठकले साधारण सभालाई व्यवस्थित ढंगमा सम्पन्न गर्ने कार्यमा सहयोग पुर्याउन आफ्ना सबै सदस्यहरुलाई आग्रह गरेको क्लबका सचिव जीआर धितालले जानकारी दिए ।

धितालले मेचीनगरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका तथा क्लबको विधानले तोकेको मापदण्ड पुरा गरेका सबै सञ्चारकर्मीहरुमा सदस्यता नवीकरण एवम् नयाँ सदस्यता लिन आह्वान गरिएको बताए ।

क्लबले मेचीनगरका सञ्चारकर्मीहरुको हितमा विभिन्न गतिविधि तथा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।