१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

कचनकवलमा ६८ जना स्वास्थ्य स्वयम्सेविकालाई साइकल वितरण

सेयर:

१७ माघ, कचनकवल : झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा दूरदराजका गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै पुगेर स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले साइकल उपलब्ध गराएको छ ।
स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले उनीहरुलाई गाउँपालिकाले नयाँ साइकल वितरण गरेको हो ।
गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्याएर हाल अवकाश भएका सातजनासमेत ६८ जनालाई आज एक संक्षिप्त कार्यक्रमका बीच साइकल वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेत, योजना शाखा प्रमुख केशव मैनालीलगायतले स्वयम्सेविकाहरुलाई साइकल हस्तान्तरण गर्नुभएको थियो ।
गाउँपालिकाको वार्षिक योजना अनुसार स्वयम्सेविकालाई साइकल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेतले जानकारी दिनुभयो । साइकल खरिदमा करिब ५ लाख रुपैयाँ खर्च भएको योजना शाखा प्रमुख केशव मैनालीले जानकारी दिनुभयो ।
सोही कार्यक्रमका बीच सेवाबाट अवकाश पाएका सातजना स्वयम्सेविकालाई गाउँपालिकाको तर्फबाट २५ हजार नगद पारितोषिकसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट महेशचन्द्र नेपालले गर्नुभएको थियो ।
नयाँ साइकल पाउँदा निकै खुशी भएका स्वास्थ्य स्वय्सेविकाहरुले गाउँपालिकाले आफ्नो कामको सम्मान गरेको प्रतिक्रया दिएका छन् ।
गाउँपालिका अध्यक्ष आलमले स्वास्थ्य सचेतनाको अभाव रहेको गाउँ–वस्तीमा पुगेर खासगरी बालबालिका र महिलाहरुको स्वास्थ्य सुरक्षामा स्वास्थ्य स्वयम्सेविकाहरुले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै उनीहरुलाई काममा थप प्रेरित गर्न र उनीहरुको कामलाई सहज बनाउन साइकल प्रदान गरिएको बताउनु भयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।