२३ माघ, मेचीनगर : झापा मेचीनगर नगरपालिका नगरप्रमुख विमल आचार्यले काँकरभिट्टा बहुमुखी क्याम्पस मेचीनगर परिसरमा सरस्वतीकाे मन्दिर निर्माण गरिदिनुभएकाे छ ।
नगरप्रमुख आचार्यले आफ्नाे एकल लगानीमा करिव २० लाख रूपैयाँ खर्च गरेर क्याम्पस परिसरमा सरस्वतीकाे पक्की मन्दिर निर्माण गरिदिनु भएकाे क्याम्पसका सहायक प्राध्यापक दुर्गाबहादुर लुइटेलले बताउनुभयाे ।

सरस्वती पूजाकाे अवसर पारेर आईतबार मन्दिरमा सरस्वती मूर्ति समेत प्राण प्रतिष्ठासहित उद्घाटन गरिएकाे सहायक प्राध्यापक लुइटेलले जानकारी दिनुभयाे ।
फाईबरकाे मूर्ति समेत नगरप्रमुख आचार्यले साैजन्य स्वरूप क्याम्पसलाई प्रदान गर्नुभएकाे हाे ।
क्याम्पस परिसरमै नगर प्रमुख आचार्यले निजी लगानीमै मन्दिरसहित प्राण प्रतिष्ठा गरिदिनुभए पछि क्याम्पस परिवारले उहाँप्रति खुशी व्यक्त गरेकाे छ ।
“हरेक वर्ष सरस्वती पूजाका दिन हामीले माटाकाे मूर्ति ल्याएर पूजा गर्ने गरेका थियाैँ” विद्यार्थी आयुष रिजालले विगत सम्झिदै भन्नुभयाे-” अब याे समस्याबाट मुक्त पाईयाे ।”
नगरप्रमुख आचार्यले नगरका विभिन्न ठाउँमा बेला बखत हुने धार्मिक अनुष्ठानदेखि मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदलगायतका धार्मिकस्थललाई व्यक्तिगतरूपमा साथ सहयाेग गर्दै आउनु भएकाे छ ।

