१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामाग्री वितरण

सेयर:

२८ माघ, मेचीनगर : सेफ द चिल्ड्रेन, आसमान नेपालद्वारा सञ्चालित कोभिड प्रतिकार्य तथा पूर्वतयारी (इको आइओएम) परियोजना अन्तर्गत मेचीनगर नगरपालिका र ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको सभाकक्षमा आइओएमका परियोजना प्रवन्धक उमा नेपालले नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सामान हस्तान्तरण गर्नुभयो । उहाँले स्थानीय सरकारसँग सहकार्य गरेर परियोजना सञ्चालन गर्दा आगामी दिनमा समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय सरकारसँग समन्वय गरेर नाकामा अति आवश्यक संरचना निर्माणमा आफुहरुको साथ सहयोग रहने नेपालको भनाई थियो । नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका निक्कै सम्वेदनशील नाका भएकाले महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिक मैत्री संरचना निर्माणमा उहाँको जोड थियो । उहाँले विशेष गरी सरसफाइमा ध्यान दिनुपर्नेमा समेत जोड दिनुभयो ।

प्राप्त सामाग्रीहरुमा पीपीइ सेट ३ सय थान, डिस इन्फेकशन मेशीन १ थान, सप डिस्पेन्सर ३ थान, सप हेण्डवास रिफिल ४२ थान, सेनिटाइजर डिस्पेन्सर २ थान, इन्फेकशन एन्टीसेप्टिक सोलुसन ५० थान, आइ आर थर्मामिटर २ थानलगायत छन् । एघार प्रकारका ४ सय २५ वटा सामान नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
उपप्रमुख उप्रेतीले सामान उपलब्ध गराउने सबै संस्थाप्रति नगरपालिकाकोतर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनमा समेत यस्ता दातृ संस्थाहरुसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उहाँको भनाई थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौला र नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती ले नगरपालिकाले कोभिड १९ नियन्त्रणमा खेलेको भूमिकाका बारेमा जानकारी गराउनुभयो । उहाँहरुले कोभिड १९ को पहिलो लहरमा निक्कै चूनौती भोग्नु परेको जानकारी गराउदैं तर, चूनौतीलाई अवसरका रुपमा लिएर अघि बढेको बताउनुभयो । नगरभित्र कोभिड संक्रमितहरुका लागि गरिएका उपचार पद्घति, कोभिड १९ नियन्त्रणका लागि गरिएका कार्यहरुलगायतका बारेमा टिमलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा माइती १ नम्बर प्रदेश संयोजक गोविन्द घिमिरे, मेची उद्योग बाणिज्य संघ महिला उपाध्यक्ष बीना तामाङ्ग, ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ प्रमुख भोलामान थापा, सेफ द चिल्ड्रेनका परियोजना संयोजक प्रज्वल खतिवडा, आसमान नेपालमा परियोजना संयोजक पुष्प पोखरेल, अशोक चौधरी, सञ्जिवकुमार शाक्यलगायतको सहभातिा रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।