१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

केएचडीसी कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शुरु

सेयर:

३० फागुन, काँकरभिट्टा : वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्राध्यापक डाक्टर सञ्जीवकुमार शर्माको नेतृत्वमा सञ्चालित केएचडीसी कार्यक्रम निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सोमबारबाट मेचीनगर नगरपालिका वडानम्बर ६ मा शुरु भएको छ ।
यसअघि नगरको ४, ९, १०, १५ लगायतका अन्य वडामा सञ्चालित यो कार्यक्रमबाट अहिलेसम्म करीव ८ हजार बढीले सेवा लिइएको बताईएको छ । झापाको मेचीनगर —६ का स्थानीयका लागि मृगौला, मुटु, मधुमेह र उच्च रक्तचाप सम्बन्धी निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम केएचडिसीको सेवा सुरु गरिएको हो ।
मेचीनगर नगरपालिकाले घर घरमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्घेशयले नगरका विभिन्न वडामा मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोग सम्बन्धी केएचडीसी कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम अघि सारेको नगरप्रमुख आचार्यको भनाई छ ।
वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्राध्यापक डक्टर सञ्जीवकुमार शर्माको नेतृत्वमा सञ्चालित केएचडीसी किड्नी, हाइ ब्लडप्रेसर, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) कार्यक्रम नगरका विभिन्न वडामा सञ्चालन भइरहेपनि कोभिड १९ का कारण केही दिनका लागि स्थगित गरीएको थियो ।
मेचीनगरक्षेत्रका धेरै मानिसहरुको पहँुच अहिलेपनि स्वास्थ्य क्षेत्रमा नपुगेको र स्वास्थ्यको पहँुचबाट टाढा टाढा रहेका नगरवासीलाई घर घरमै स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन मेचीनगर नगरपालिकाले नगरका विभिन्न स्थानमा सेवा सञ्चालन गरेको नगरप्रमुख आचार्यको भनाई छ ।
निक्कै दत्तचित्तका साथ लागि परेको छ । हरेक वडाका वासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर गाउँ गाउँमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सञ्चालन गरिहेको नगरप्रमुख विमल आचार्यको भनाई छ । काँकरभिट्टा स्वास्थ्य चौकीमा सञ्चालन भएको कार्यक्रम केएचडिसी कार्यक्रमका प्रमुख तथा वरिष्ठ चिकित्सक डा सञ्जीवकुमार शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो
अझै पनि स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा मानिसले हेलच्याक्राइ गरीरहेका बखत नगरपालिकाले अव सामान्य रोगको उपचार गर्न बाहिर जान नपरोस भनेर प्रत्येक वडामा विशेषज्ञसहितको भरपर्दाे निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख आचार्यको भनाई छ । ‘सर्वसुलभ र छिटो छरितोरुपमा स्वास्थ्य सेवा पाउनु हरेक मानिको नैसर्गिक अधिकार हो ’ नगरप्रमुख आचार्यले भन्नुभयो —‘त्यही भएर मेचीनगर नगरपालिका अहिले नगरका प्रत्येक वडा वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवा लिएर पुग्ने गरेको छ ।’ नगर प्रमुख आचार्य यो कार्यक्रले नगरका धेरै सर्वसाधारणलाई स्वस्थ र सचेत वनाउने र सिंगो नगरलाई नै निरोगी वनाउने कुरामा विश्वास गर्नुहुन्छ ।
यसअघि स्वास्थ्य परीक्षण गरीएकामध्ये अधिकाँशमा मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटु सम्बन्धि समस्या देखिएको प्राध्यापक डक्टर शर्माको भनाई छ । ‘मेचीनगरका धेरै वटा वडामा हाम्रो टोलीले ८ हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गर्यो’ डाक्टर शर्माले भन्नुभयो—‘ अधिकाँशमा उच्च रक्तचापको स्थिति भयाभह पाइएको छ । त्यसपछि मृर्गौला, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) का रोगी पनि कम छैनन् । ’
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु र मृर्गौला रोगका विशेषज्ञ चिकित्सक सञ्जीवकुमार शर्मा झापाको मेचीनगरका विभिन्न वडामा यहि कार्यक्रम लिएर पुग्नुभएको थियो । खासगरी लक्षण नदेखिने रोगहरु मृर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटुवारे निःशुल्क स्वास्थ्य शिविरसंगै स्वास्थ्य जनचेतना प्रदान गदैं आएको ‘केएचडीसी नेपाल’ नामक संस्थाका संस्थापक उहाँ शरहभन्दा बढी गाउँ केन्द्रित हुनुहुन्छ । ‘एबीसीडीई जचाऔ, मृर्गौला र मुटु बचाऔ’ भन्ने अभियानको नारा रहेको उहाँ बताउनुहुन्छ ।
यो अभियानले तीन चरणको कामलाई मुख्य प्राथमिकता दिएको छ । पहिलो चरणमा सर्वसाधारणलाई स्वास्थ्य परीक्षणका लागि प्रेरित गर्ने, तत् क्षेत्रका स्वास्थ्यकर्मीलाई केएचडिसीबारे तालिम दिने अनि यस्ता रोगबाट सर्वसाधारण जोगाउन सहयोग गर्न स्थानीय सरकारलाई घच्घच्याउने । काँकरभिट्टामा शुरु कार्यक्रममा प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म चिकित्सकहरु सहितको स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीहरुको परीक्षण गर्ने र त्यसको रिपोर्ट धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा शर्माले हेर्ने र उचित उपचारको ब्यवस्था समेत मिलाइएको मेची अभियानका संयोजक डालमियाले बताउनु भयो ।
मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गको सभापतित्वमा भएको कार्यक्रममा मेची अभियानका संयोजक विजय डालमिया, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहित बुढाथोकीलगायतले स्थानीयस्तरमा नै बिरामीहरुका लागि गुणस्तरिय स्वास्थ्य सेवा पाउनु महत्वपुर्ण कार्य भन्दै केएचडिसी कार्यक्रमलाई धन्यबाद व्यक्त गर्नुभयो । स्थानीयहरुले स्वास्थ्य परिक्षण समेत गराउन सुरु गरेको कार्यक्रमको उदघाटन काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो ।
एबीसीडीई अर्थात पिसावको प्रोटिन, उच्च रक्तचाप, क्रिएटिनिन, कोलस्टेरोल, मधुमेह र मृर्गौलाको रक्त शुद्धिकरण दर अनिर्वा रुपमा जचाउ“न अभियानले सर्वसाधारणलाई प्रेरित गर्ने प्राध्यापक डक्टर शर्माको भनाई छ । ‘मृर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोगको लक्षण भनेकै लक्षण नहुनु हो’, डा. शर्माले भन्नुभयो —‘यस्ता रोग भित्रभित्रै वढिरहेको पत्तै हुदैन । जव अंग विग्रिन्छ । तव पक्षघात हुन्छ, हिर्दयघात हुन्छ अनि मात्रै थाहा हुन्छ ।’
स्वस्थ जीवन शैली अपनाए, रोग लागेर औषधि गर्नुभन्दा रोगको बाटो छेक्नु नै जाती भने झै । हामीले बेला बेला हाम्रो स्वास्थ्य परीक्षण गराउने हो भने भविष्यमा ठूलो स्वास्थ्य समस्या व्यहोर्नु नपर्ने, घाम पानी, परिश्रम, नियमित आहार र विहारमा ध्यान दिनुपर्नेमा उहाँको जोड छ । मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोग लक्षणविहीन रोगहरू हुन्, जसलाई ‘साइलेन्ट किलर’ भनिन्छ । केही लक्षण नहुनु यी रोगका मुख्य लक्षण हुन, । जब पक्षघात, हृदयाघात हुन्छ, मृगौला बिग्रन्छ अनिमात्रै थाहा पाउनुभन्दा सुरूमै थाहा पाए सामान्य उपचारले बच्न सकिने विशेषज्ञहरुको भनाई छ ।
लक्षण बेगरका दीर्घ रोगबारे सर्वसाधारणलाई बेलैमा जानकार तुल्याउन सके धेरैको जीवन बचाउन सकिने भएकाले पनि आफ्नो विशेषज्ञता भएको रोगबारे गाउँगाउँमा जाँच अभियान चलाउन सहयोगी गुहार्न आफैं खटिएर कम्तीमा सर्वसाधारणलाई स्वास्थ्य परीक्षणका लागि उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । सुरूकै अवस्थामा यी रोग पत्ता लगाउन सके यसले निम्त्याउने जीवनको क्षति रोक्न सकिने छ ।
डा. शर्मा र उनको टिमको यो अभियानले पूर्वी नेपालको स्वास्थ्य सेवा क्षेत्रमा अतुलनीय योगदान गरेको मान्नेहरू प्रशस्त छन् । किड्नी, हाइ ब्लडप्रेसर, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) रोग दीर्घरोग मनिन्छ ।
यी चार प्रकारका रोग मानिसका निम्ति साइलेन्ट किलर भएकै कारण मेचीनगर नगरपालिकाले यी रोगबाट भविष्यमा कोहि पनि नगरवासीले समस्या व्यहोर्नु नपरोस भनेर यस्तो शिविर आयोजना गरेको हो । शुरुकै अवस्थामा पत्ता लगाएर साधारण उपचारमार्फत दिर्घरोग बाट बच्न सकिने भएकाले नगरपालिका नगरका अन्य वडामा यस्तो शिविर सञ्चालन गर्ने योजनामा छ ।
स्वस्थ जीवन बाँच्ने भए दैनिक एक घन्टे जागिर खान, दैनिक एक घन्टा हिँड्ने बानी गरे धेरै स्वास्थ्य समस्या छल्न सकिने शिविरमा आउने सेवाग्राहीलाई विशेषज्ञहरुको सुझाव छ । घाम, पानी, परिश्रम, आहारविहार यी सबैभन्दा उत्तम औषधी रहेको भएको र चिकित्सकले लेख्ने औषधी छैठौं नम्बरदेखिका मात्रै हुने । पहिलो पाँच नम्बरका औषधीमा जोड गर्न उहाँ थप्नुहुन्छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गाबहादुर लुइटेल

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।